default_image

8 months ago

April 9, 2025

ललितपुर महानगरपालिका महिला भलिबलको सेमिफाइनलमा

612 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका काभ्रेपलाञ्चोकको बनेपामा जारी दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

ललितपुरले बुधवार बनेपा वडा नं ९ लाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेको हो।

बुढानिलकण्ठ भलिबल क्लब, टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब र प्रोफेसनल कन्सल्टेन्सी पनि सेमिफाइनलमा पुगेका छन्।

बनेपाको लायकु मञ्चमा रहेको भलिबल कोर्टमा खेलमा बुढानिलकण्ठले महाभारत गाउँपालिकालाई ३-० ले पराजित गर्यो।

न्यु डायमण्डले आयोजक बनेपा नगरपालिकालाई ३-० ले र प्रोफेसनलले धुलिखेल नगरपालिकालाई ३-१ सेटमा हरायो । बिहीवार ललितपुर र बुढानिलकण्ठ तथा न्यु डायमण्ड र प्रोफेसनलबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ।

बनेपा नगरपालिकाको आयोजना भएको प्रतियोगिताको व्यवस्थापनको बनेपा भलिबल प्रशिक्षण केन्द्रले गरेको छ। काभ्रे जिल्ला भलिबल संघको सहकार्यमा भएको प्रतियोगितामा ९ वटा टोलीले भाग लिएका छन् ।

प्रतियोगिताको‌‌ विजेताले ट्रफीसहित १ लाख, दोस्रो ५० हजार, तेश्रोले २५ हजार र चौथोले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.