default_image

8 months ago

April 13, 2025

केएनपी महिला भलिबलको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

732 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने आठौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ ।

आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले प्रत्यक्ष प्रसारणको लागि आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे।

बढीमा ६ टोलीको सहभागितामा वैशाख १० देखि १३ गतेसम्म प्रतियोगिता सन्चालन हुनेछ। प्रतियोगितालाई विगतमा जस्तै केएनपी निरोलेकले मुख्य प्रायोजन गरेको छ ।

प्रतियोगितामा साविक एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लबको सहभागिता निश्चित भइसकेको बताइएको छ ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र एभरेष्ट भलिबल क्लबलाई पनि सहभागिताका लागि आमन्त्रण गरिएको प्रतिष्ठानका अध्यक्ष खड्काले जानकारी दिएका‌ छन्।

त्रिपुरेश्वरस्थिर राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीले ४ लाख ९९ हजार , दोस्रोले २ लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिवेरो, स्पाइकर र प्रशिक्षकलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय महिला खेलाडीले ५० हजार रुपैयाँसहित शेरबहादुर खड्‌का स्पेसल अवार्डबाट सम्मानित गरिने बताइएको छ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.