8 months ago
April 18, 2025
दिपक बोहोरा ,पाँचथर
पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति पाँचथरको आयाेजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको समन्वय हुने प्रतियोगिता वैशाख ८ देखि १० गतेसम्म हुनेछ ।
प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सहित खुल्ला भेट्रान्स प्रतियोगिता पनि हुने छ । खेलकुद विकास समिति पाँचथरले शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी दिएको हो ।
प्रतियोगिता जिल्ला समन्वय समिति पाँचथरको कभर्डहलमा संचालन हुनेछ । प्रतियोगितामा मेन्स डबल्स, मेन्स सिंगल,उमेन्स सिंगल र मिक्स डबल्सको प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए ।
प्रतियोगितामा कोशी प्रदेशका १४ वटा जिल्लाको ५८ खेलाडीको सहभागिता रहने छ । प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका विजेताले ट्रफिसहित १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खुल्ला भेट्रान्स प्रतियोगिता तर्फ ४५ वर्ष माथि र ५५ वर्ष माथि गरि दुई विधाको खेल हुने आयोजकले जनाएका छन् । । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फका विजेताले ३० हजार र दोस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
अन्तर प्रदेश स्तरीय प्रतियोगिताको खेलाडी छनोट समेत यसै प्रतियोगिताबाट गरिने मोक्तानले जानकारी दिए ।
प्रतियोगितालाइ फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेको बताइएको छ । प्रतियोगितामा प्राबिधिक सहयोग जिल्ला ब्याटमिन्टन संघले गर्ने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]