default_image

8 months ago

April 24, 2025

आर्मीको पहिलो जित

692 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ।

राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हरायो।

एकपक्षीय खेलमा आर्मीले एभरेस्टलाई २५-१६, २५-१८ र २५-१७ को सोझो सेटमा हरायो। योसँगै यो समुहमा सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मीले एक-एक खेल जितेका छन्।

आर्मीले दुई खेलबाट ३ अंक बनाएको छ। एपिएफले एक खेलबाट ३ अंक बनाइसकेको छ। अब आजै हुने दिनको दोस्रो खेलमा एभरेष्ट र एपिएफबीच खेल हुनेछ।

यदि सो खेलमा एक सेट मात्र गुमाएर खेल जिते पनि एभरेष्ट भलिबल क्लब समुह चरणबाटै बाहिरिनेछ। यदि एपिएफले खेल जितेमा एभरेष्ट भलिबल क्लब समुह चरणबाटै बाहिरिनेछ।

अर्को समुहमा नेपाल पुलिस क्लब र टिपटप न्यु डायमण्ड मात्र रहेको कारण दुवै टिम सेमिफाइनलमा पुगिसकेका छन्। हिजो पुलिसले न्यु डायमण्डलाई हराएकोले भने पुलिस समुह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ।

प्रतियोगितामा कुल ५ टिमको सहभागीता रहेको छ। विजेताले ४ लाख ९९ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने टिमले क्रमश २ लाख ५० हजार र १ लाख २५ हजार प्राप्त गर्नेछन्।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.