default_image

8 months ago

April 25, 2025

एपिएफ र पुलिस उपाधिका लागि भिड्ने

737 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- छ पटकको विजेता सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल पुलिस क्लब आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधिको लागि भिड्ने भएका छन्।

राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको सेमिफाइनलमा अब्बल प्रदर्शन गरिरहेको एपिएफले टिपटप न्यु डायमण्ड स्पोर्टस क्लबलाई ३-१ ले माथ दियो।

पहिलो सेट २५-१६ ले जित्दै एपिएफले १-० को अग्रता बनायो। दोस्रो सेटमा न्यु डायमण्डले एपिएफलाई चुनौती दियो। तर पनि एपिएफ २५-२२ ले दोस्रो सेट जित्दै २-०को अग्रता बनाउन सफल रह्यो।

तेस्रो सेटमा भने एपिएफलाई दबाब दिन न्यु डायमण्ड सफल रह्यो। यो सेट एपिएफले २३-२५ ले गुमायो। न्यु डायमण्डले खेललाई २-१ मा पुर्यायो।

तर चौथो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै एपिएफले फाइनलमा स्थान सुरक्षित गर्यो। एपिएफ सातौं पटक च्याम्पियन बन्ने दाउमा छ।

अर्को सेमिफाइनलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० ले हराउँदै फाइनलको यात्रा तय गर्यो। पुलिसले २५-६, २५-२३ र २५-२२ को जितमा फाइनलको यात्रा तय गरेको हो।

एपिएफ र नेपाल पुलिस क्लब दुवै समुह विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए। एपिएफले समूह चरणमा आर्मी र एभरेष्ट भलिबल क्लबलाई हराएको थियो। पुलिसले भने न्यु डायमण्डलाई माथ दिएको थियो।

प्रतियोगितामा कुल ५ टोली को सहभागिता रहेको छ। विजेताले ४ लाख ९९ हजार, दोस्रो टोली २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो स्थान र फाइनल भोलि हुनेछ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.