7 months ago
April 25, 2025
सुमन अधिकारी, बुटवल
साविक विजेता त्रिभुवन आर्मी बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको छ ।
गल्कोट भलिबल क्लबसँग पराजित हुँदै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो । गल्कोटले फाइनलमा भारत गुजरातको साग भलिबल एकेडेमीको सामना गर्नेछ ।
पहिलो सेमिफाइनलमा सागले गण्डकी प्रदेश भलिबल संघलाई पराजित गरेको हो । गुजरात २५-२१, २५-२० र २५-१८ को सोझो सेट विजयी भएको हो ।

गल्कोटले आर्मीलाई ३-१ को सेटमा पराजित गर्यो । गल्कोट २५–१८, २३–२५, २५–१४ र २५–२२ विजयी भयो । तेस्रो स्थान र फाइनल शनिवार हुनेछ।
प्रतियोगिताको विजेताले ३ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा दोस्रोले २ लाख ११ हजार १ सय ११ रुपैयसँ प्राप्त गर्नेछ ।
तेस्रो टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र चौथो टोलीले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]