8 months ago
April 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। यो प्रतियोगितामा पुलिस पहिलो पटक च्याम्पियन बनेको हो।
राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको फाइनल खेलमा ६ पटकको च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो।
एपिएफ विरुद्ध पुलिसले सुरुवात बाटै रवाफिलो प्रदर्शन गर्दै सहज जितका साथ उपाधि जित्न सफल भएको हो।
पुलिसले एकपक्षीय शैलीमा एपिएफलाई हरायो। पहिलो सेट २५-१५ ले जित्दै १-० को अग्रता बनायो। दोस्रो सेटमा एपिएफले केहि चुनौती दिने प्रयास गर्यो। तर यो सेट पनि २५-२३ ले जित्दै पुलिसले २-० को अग्रता बनायो।

खेलमा टिकिराख्न तेस्रो सेट एपिएफलाई जित्नैपर्ने थियो। तर २५-१६ ले सहजै पुलिसले तेस्रो सेट पनि जित्यो।
प्रतियोगितामा पुलिस उपाधि जित्ने तेस्रो टोली हो। यसअघि छ पटक एपिएफ र एक पटक टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले जितेको थियो।
उपाधिसँगै पुलिसले ४ लाख ९९ हजार र एपिएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
न्यु डायमण्ड तेस्रो
आजै भएको तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा टिपटप न्यु डायमण्ड युथ भलिबल क्लब सफल रहयो।

उसले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २५-१९, २५-१२ र २५-१८ को सेटमा माथ दियो। तेस्रो भएको न्यु डायमण्डले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्यो।
कामना सर्वोत्कृष्ट
प्रतियोगिताकि विजेता पुलिसकी कामना बिष्ट सर्वोत्कृष्ट खेलाडी बनिन्। उनलाई नगद ५० हजार प्रदान गरियो। पुलिसकी कमला पुन उत्कृष्ट सेटर, शान्ति कला उत्कृष्ट लिबरो र रूपेश कुमार बिष्ट उत्कृष्ट प्रशिक्षक बन्न सफल रहे।

व्यक्तिगत एपिएफकी निरूता ठगुन्ना बेस्ट स्पाइकर र पुजा चौधरी उत्कृष्ट सर्भर बने। व्यक्तिगत पुरस्कार विजेताले जनही २५ हजार रुपैयाँ प्राप्त गरे।
शेर बाहादुर खड्का मेमोरियल ट्रष्टको आयोजनामा बैशाख १० गते सुरु भएको प्रतियोगितामा ५ टोलीको सहभागिता थियो।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]