8 months ago
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ ।
संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् ।
प्रतियोगिता ललितपुरको च्यासल फुटबल मैदानमा हुने हुनेछ। पुरुषमा ८ तथा महिलामा ४ टिमले प्रतिस्पर्धा गर्ने बताइएको छ।
पुरुषमा ३ विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लबसहित मधेश प्रदेश, कर्णाली प्रदेश,गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । एपिएफ हक्कीमा नयाँ टोली रहेको आयोजकले जनाएको छ ।
पुरुषमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिता लिग कम नकआउट आधारमा हुने भएको छ ।
महिलामा सहभागी हुने आर्मी, गण्डकी , मधेश र बागमतीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल हुनेछ ।
पुरुष तथा महिला दुवै प्रतियोगिताको विजेताले समान
७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार रुपैयाँ बाट पुरस्कृत गरिनेछ ।
राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख र महिलामा २५ लाख खर्च हुने आयोजक संघका सचिव असिम शर्माले जानकारी गराए ।
संघकी महासचिव सुवर्णले आफ्नो कार्यकालमा हक्कीको वार्षिक क्यालेन्डर नै तयार गरी कार्यक्रमहरु सञ्चालन गरिरहेको बताइन् । उनले हक्कीको पूर्वाधार नभइरहेको अवस्थामा अहिले पूर्वाधार निर्माणका लागि धुलिखेलमा जग्गासमेत प्राप्त गरिसकेको उल्लेख गरिन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]