8 months ago
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ ।
नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी सुरुआत गरेका हुन् । पुरुषको समूह ‘ए’ मा रहेको आर्मीले गण्डकी प्रदेशमाथि ३–० गोलको जित निकाल्दै सुखद सुरुआत गरेको हो ।
आर्मीको जितमा प्रदीप राजवंशी, काशिराज राई र देव सिंह धामीले गोल गरे । आर्मीको जितमा रोशन चौधरी प्लेयर अफ दी म्याच भए ।
लिगकम नकआउटका आधारमा भएको यल समूहमा आर्मी र गण्डकीसँगै मधेश र कोशी प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, एपिएफ र बागमती छन् । एपिएफ हक्कीमा नयाँ टिम हो ।
समूह ‘बी’ पुलिसले पनि कर्णाली प्रदेशलाई ९-० ले हराउँदै सुखद सुरुआत गरेको छ । पुलिसको जितमा आयुस शाह र सुरेशप्रसाद जोशीले २ तथा शंकर घर्तिमगर, नवराज खत्री, सुरज बोहोरा, काशिराम खत्री र अमित ओझाले समान १ गोल गरे । २ गोल गरेका आयुस प्लेअर अफ दी म्याचसमेत भए ।
मधेश पराजित
महिलामा आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश मात्र सहभागी छन् । यस प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुँदै छ ।
राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधि भिडन्त हुनेछ । यसमा आर्मीले पहिलो खेलमा मधेशमाथि ७-० जित निकालेको छ ।
दुई खेलाडी सीमा खड्का र कमला चन्दले ह्याट्रिक पूरा गरेपछि आर्मीले सहज जित दर्ता गर्यो । निलिमा पाण्डेको नाममा १ गोल रह्यो । पुलिसकी कमला चन्द प्लेयर अफ दी म्याच घोषित भइन् ।
त्यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुब आचार्य, बोर्डकी कार्यकारी सदस्य तथा संघकी महासचिव सुवर्ण श्रेष्ठ, बोर्ड सदस्यद्वय अञ्जन धमला र जगतसिंह धामीलगायतले गरेका थिए ।
सो अवसरमा संघका उपाध्यक्ष मनीष झालगायत विभिन्न खेलका प्रतिनिधिको पनि उपस्थिति थियो । संघको वार्षिक कार्यक्रमअनुसार सुरु राष्ट्रिय पुरुष हक्की वैशाख २६ गतेसम्म तथा राष्ट्रिय महिला हक्की प्रतियोगिता वैशाख २६ गतेसम्म हुनेछ ।
पुरुष तथा महिला दुवैतर्फको विजेताले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]