8 months ago
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ज्ञान फाउन्डेसनद्वारा आयोजित ज्ञान मेमोरियल ओपन गल्फ प्रतियोगिता शुक्रवार सुरु हुने भएको छ।
रोयल नेपाल गल्फ क्लबमा हुने दुई दिने प्रतियोगितामा कुल १ सय गल्फरको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा ज्ञान फाउन्डेसनका मनोज खालिनले जानकारी दिए।
प्रतियोगितामा महिलामा ओभरअल तर्फ प्रतिस्पर्धा हुनेछ। सिनियर लेडिज र सुपर सिनियर विधा पनि समावेश गरिएको छ। उमेर समुहमा गल्स र ब्वाइजको यु-१८, ब्वाइजको यु-१६ तथा ब्वाइज र गल्स यु-१० मा पनि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको पहिलो दिन शुक्रवार गल्स यु-१० तथा नन-प्लेइङका २० खेलाडीको चिपिङ र पटिङ प्रतिस्पर्धा हुने आज आयोजित पत्रकार सम्मेलनमा प्रो सचिन भट्टराईले जानकारी दिए।
महिला र जुनियर गल्फरको विकासको लागि यस किसिमको प्रतियोगिताले सहयोग पुग्ने आरएनजिसीकी लेडी क्याप्टेन आर्सिया बानुले बताइन्।
प्रतियोगितामा यो पटक काठमाडौं बाहेक धरान र पोखराका खेलाडीले पनि सहभागिता जनाउने छन्। प्रतियोगिता आयोजनाको लागि नेपाल गल्फ संघ, आरएनए र आरएनजिसीको प्राविधिक सहयोग रहनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]