7 months ago
May 4, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब पोखरामा जारी प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
पुलिसले उपाधिका लागि इरानीको टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा आज पुलिसले एपिएफलाई ३-० को सोझो सेटमा पराजित गर्यो।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेल एकपक्षीय बन्यो। पुलिसले २५-१७, २५-१८ र २५-१५ को सहज नतिजामा फाइनलको यात्रा तय गर्यो।
यसअघि भएको पहिलो सेमिफाइनलमा इरानको टोलीले त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराउँदै फाइनलको यात्रा तय गरेको हो। इरानी टोलीले २०-२५, २५-२०, २८-२६ र २५-२४ ले खेल जितेको थियो।
प्रतियोगितामा ६ टोलीको सहभागिता छ। प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]