7 months ago
May 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोली तथा विभागीय नेपाल पुलिस क्लबका मिडल ब्लकरद्धय सफल विश्वकर्मा र रविन नगरकोटीलाई उपचारको लागि जापानबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।
नेपाल युथ स्पोर्ट्स क्लब जापानले पोखरामा यसै साता सम्पन्न प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिता दौरान घाइते भएका सफल र रविनलाई हौसला स्वरुप आर्थिक सहयोग प्रदान गरिएको क्लबका अध्यक्ष बसन्त थापाले जानकारी दिएका छन् । तत्कालका लागि खेलाडीद्धयलाई ५० हजार रुपैयाँ प्रदान गरिएको थापाले बताए ।
रविनलाई एपिएफविरुद्धको सेमिफाइनलमा तथा सफललाई भारतीय टोलीविरुद्धको खेलमा चोट लागेको थियो । ब्लक गर्ने क्रममा रविनको दायाँ हातको औलाको भाग च्यातिएको छ । सफलको बायाँ खुट्टामा चोट लागेको छ ।
पछिल्ला घरेलु प्रतियोगितामा पुलिसलाई एक पछि अर्काे सफलता दिलाएका र सानदार प्रदर्शन गरिरहेका मिडल ब्लकरको यि दुई जोडी लायन्स कपको फाइनलमा नहुँदा पुलिसको प्रदर्शनमा असर गर्यो ।
पुलिसका प्रशिक्षक चन्द्र कुवँर आफ्नो महत्वपूर्ण दुवै मिडल ब्लकर जेठ ८ बाट १५ गतेसम्म पोखरामा आयोजना हुन लागेको एनभिए क्लब लिगका लागि तयार हुनेमा आशावादी छन् ।

‘खेलाडी मान होइन सम्मान हो, खेलकुद शान होइन हाम्रो पहिचान हो’ भन्ने मुल नाराका साथ स्थापित नेपाल युथ स्पोट्र्स क्लब जापानले नेपाली भुमिमा रहेर भलिबल खेलिरहेका भलिबल खेलाडीहरुलाई खेल मैदानमा हुने दुर्घटना पश्चातको उपचार गर्न तथा दिर्घरोगी भलिबल खेलाडीहरुका लागि उपचारार्थ सहयोग गर्ने क्लबको उद्देश्य रहेको अध्यक्ष थापाले बताए ।
जापानमा बर्षेनी भलिबल प्रयोतियोगिता आयोजना तथा विभिन्न भलिवल प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएको क्लबले प्रवासमा रहेका नेपाली भलिबल खेलाडीहरुलाई हौसला प्रदान गर्दै आएको छ ।
प्रवासमा मात्र नभई स्वदेशमा समेत भलिवल खेललाई आफ्नो मुख्य पेशा बनाउँदै आएका खेलाडीहरुलाई हौसला प्रदान गर्दै आगामी दिनमा विभिन्न क्षेत्रमा सहयोग गर्ने उद्देश्य क्लबको रहेको अध्यक्ष थापाले बताए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]