7 months ago
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन गरिएको छ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, जितबहादुर केसी दिपक विष्ट, विष्णु बहादुर सिंह लगायत १५ जना ओलम्पियनहरुले बुधवार संयुक्त रुपमा पुस्तकको विमोचन गरे।
राखेपले ओलम्पिकमा नेपाल सहभागी भएको सन् १९६४ देखि देखि २०२४ सम्मको इतिहास समेटेर पुस्तक प्रकाशन गरेको हो ।
पारालिम्पिक,समर तथा ग्रीष्मकालिन ओलम्पिक र युथ ओलम्पिकमा नेपालबाट सहभागी भएका खेलाडीहरुको संक्षिप्त जानकारी तथा उपलब्धि समेटेर पुस्तक प्रकाशन गरिएको राखेप प्रचार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिए।

पेरिस ओलम्पिकलाई केन्द्र बनाएर प्रकाशित भएको पुस्तकमा हाल सम्म सहभागी भएका सबै खेलाडीहरुको विवरण समेटिएको छ । जसले नेपाली खेलकुदको इतिहासलाई जिवन्त राख्न सहयोग पुग्ने राखेपका सदस्य सचिव घिसिङले बताए ।
४ पटक ओलम्पिकमा भाग लिएका ओलम्पियन मानन्धरले पुस्तकले खेलाडीहरुलाई सबै नागरिक सम्म पु¥याउने बताए ।
कार्यक्रममा नेपाल ओलम्पियन्स संघका अध्यक्ष बिष्टले पुस्तक परिषद्को महत्वपूर्ण सम्पती भएको उल्लेख गरे । पुस्तक लेखनमा खेलकुद पत्रकार ध्रुब तुलाधर तथा रोशन राउतले भूमिकान निर्वाह गरेको राखेपले जनाएको छ।
राखेपले ओलम्पिकमा नेपाल, एशियाडमा नेपाल र राष्ट्रिय खेलकुदको इतिहास तथा बार्षिक दर्पण सहित पछिल्लो तीन बर्षमा पाँच वटा पुस्तक प्रकाशन गरि सकेको प्रचार शाखा प्रमुख दाहालले जनाए ।
सोही कार्यक्रममा मिशन २०२६ अन्तर्गत बिशेष प्रशिक्षणमा रहेका खेलाडीहरुलाई उत्प्रेरणा कार्यक्रम गर्नुका साथै खेल समाग्री समेत वितरण गरिएको राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठले बताए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]