default_image

7 months ago

May 15, 2025

बागमती प्रदेश स्पोर्ट्स अवार्ड हुने

639 views

0 Bookmark

रविन्द्र वाईबा, मकवानपुर

बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलो पटक प्रदेश स्पोर्टस अवार्ड एन्ड युथ समिट आयोजना गर्दैछ ।

आइतवार हेटौंडा-४ स्थित हुप्राचौरमा अवार्ड आयोजना हुने बिहीवार हेटौंडामा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । 

प्रदेशका पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीन कृष्ण महर्जनले बताए ।

खेलाडीहरुलाई प्रोत्साहन र सम्मान गर्ने कार्य प्रदेशले थालेको मन्त्री महर्जनले बताए । खेलाडीको विदेश पलायन रोक्नका लागि प्रयास थालिएको महर्जनले सरकार लागि परेको उनको भनाई छ ।

मन्त्रालयका निमित्त सचिव सूर्य बहादुर दाहालका अनुसार अवार्डमा वर्षका उत्कृष्ट खेलाडी महिला / पुरुष, युवा, प्रशिक्षक, लाइभ टाइम एचिभमेन्ट, बागमती खेलकुदको शान, लोकप्रिय खेलाडी, उत्कृष्ट पत्रकार समेत ८ विधामा १२ जना छनोट गरी अवार्ड प्रदान गरिनेछ।

उत्कृष्ट महिला / पुरुष, लाइभ टाइम एचिभमेन्ट अवार्ड, बागमती खेलकुदको शान, प्रशिक्षकलाई अवार्डसहित १ लाख रुपैयाँ तथा अन्य विधालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने उनले बताए ।

कार्यक्रमका लागि मन्त्रालयले दीपक श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय प्राविधिक उप समिति गठन गरिएको थियो। उक्त समितिले अवार्डका लागि खेल व्यक्तित्वको नाम सिफारिस गर्नेछ।

खेलाडी वा प्रशिक्षकका रुपमा विगतमा पुर्याएको योगदान, हाल दिलाएको सफलता, समाजमा त्यसको प्रभाव, नयाँ पुस्तालाई प्रेरणा मिल्ने उद्देश्यलाई पनि अवार्ड दिने व्यक्तित्व छनोटको क्रमलाई ध्यानमा राखिनेछ आयोजकको दाबी छ ।

कार्यक्रम प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा आयोजना हुनेछ। मन्त्रालयले युथ समिट भने केहि सातापछि आयोजना गरिनेछ जनाएको छ । अवार्डको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्नेछ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.