7 months ago
May 18, 2025
हेटौंडा (हाम्रो खेलकुद)- राष्ट्रिय एथलेटिक्स खेलाडी धादिङ सन्तोषी श्रेष्ठ, राष्ट्रिय भलिबल टोलीकी खेलाडी काठमाडौंकी सलिना श्रेष्ठ, राष्ट्रिय फुटबल खेलाडी मकवानपुरका आयुष घलान बागमती प्रदेश स्पोर्टस अवार्ड लोकप्रिय विधा प्राप्त गरेका छन् ।
बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रदेशको राजधानी हेटौंडामा आज आयोजित कार्यक्रममा सन्तोषी, सलिना, आयुषलाई लोकप्रिय खेलाडी अवार्ड प्रदान गरियो। अवार्डसँगै उनीले लाई जनही ५० हजार रुपैयाँ प्रदान गरिएको छ।
निरन्तर सफल सन्तोषी
सन्तोषी नेपालका लागि एथलेटिक्सबाट दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी हुन् ।

सन् २०१९ मा नेपालमा आयोजित १३ औं सागमा सन्तोषीले महिला १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।
विभागीय टोलीमा अनुबन्ध नभएरै पनि नेपालमा खेल करिअर बनाउन सकिन्छ भन्ने पृथक उदाहरण हुन्, सन्तोषी। पछिल्लो समय नेपालमा सन्तोषीले खेलेका लगभग सबै प्रतियोगितामा स्वर्ण पदक जित्दै आएकी छिन् ।
धादिङकी स्थायी बासिन्दा सन्तोषीको सफलताको आयतन नेपालमा मात्र सिमित छैन। दक्षिण एसियाको बंगलादेश र माल्दिभ्समा उनको च्याम्पियन गाथा कोरिएको छ । उनको दौडकै सफलताले पेरिस ओलम्पिक २०२४ र लन्डन म्याराथनको सहभागिता पनि सम्भव भयो ।
सन्तोषीले राष्ट्रिय खेलकुदमा बागमतीको प्रतिनिधित्व गर्दै स्वर्ण पदक पनि हासिल गरेकी छिन् । पढाइ र खेलकुदलाई एकसाथ अघि बढाउँदै नयाँ पुस्ताका लागि उनी प्रेरणा बनेकी छिन्।
सदाबहार सलिना
सलिना नेपालको राष्ट्रिय महिला भलिबल टोलीकी पहिलो रोजाइकी लिबेरो हुन् । नेपलको महिला भलिबलमा खेलाडी उद्यानको परिचय बनाएको न्यु डायमन्डकी उत्पादन सलिनाले पटक-पटक विभागीय टोलीबाट प्रस्ताव आएपनि आफ्नो क्लब छोडीनन् । उनले राष्ट्रिय स्तरको प्रतियोगितामा भने बागमती प्रदेशकै प्रतिनिधित्व गर्दै आएकी छिन् ।

काठमाडौंको फर्पिङकी स्थायी बासिन्दा सलिनाले राष्ट्रिय टोलीले पछिल्लो दशकमा हासिल गरेको सबै सफलतामा प्रमुख भूमिका निर्वाह गर्दै आएकी छिन् ।
२०१९ मा एभिसी सेन्ट्रल जोन उपाधि जित्दा होस् या सोही वर्ष घरेलु मैदानमा १३ औं सागमा भारतविरुद्ध फाइनल खेलमा पीडादायी हार, सलिनाले हरेक पटक टोलीका लागि निर्णायक भूमिका खेलेकी छिन् ।
नेपालमा भएका घरेलु प्रतियोगितामा सलिनाले उत्कृष्ट लिबेरो जित्न बाँकी सायदै कुनै प्रतियोगिता बाँकी होला । उमेरले २७ वर्ष पुगेकी उनले बागमती प्रदेशबाट आठौं र नवौं राष्ट्रिय खेलकुदमा कास्य पदक पनि जितेकी थिइन्।यीनै भलिबलकी चर्चित सलिना लोकप्रिय खेलाडी बन्न सफल भन्।
युवा स्टार आयुष
आयुष नेपाली फुटबलले पछिल्लो समय पाएका नयाँ स्टार हुन् । नेपालका लागि उमेर समूह हुँदै सिनियर टोलीमा नियमित स्थान बनाउन सफल विंगरले घरेलु फुटबलमा पनि उत्कृष्ट छाप छोडेका छन् ।
नेपाल सुपर लिगको पहिलो सिजनमा ट्यालेन्ट हन्टबाट नेपाली फुटबलमा स्थापित भएका आयुषले तेस्रो सिजन आइपुग्दा टोलीको कप्तानी नै गरे । यसबीचमा उनले थ्री स्टार क्लब, संकटा क्लब जस्ता ठूला टोलीको जर्सी पनि लगाए । उनको लोभलाग्दो खेलले धेरै दर्शकको मन जितेको छ ।

मकवानपुरमा जन्मेका आयुषले काठमाडौंबाट नै आफ्नो फुटबल प्रतिभालाई तिखारे । सानो उमेरमै एन्फाले उमेर समूहको टोलीमा छनोट गरेपछि उनको करिअरले एकपछि अर्को उडान भर्यो । उनले उमेर समूहको राष्ट्रिय टोलीमा पनि कप्तानी गरे ।
आयुष नेपाली फुटबलले निकै आशा गरेका प्रतिभा हुन् । बागमती प्रदेशका बासिन्दा आयुषले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफूसँगै आफ्नो क्षेत्रलाई पनि गौरव गर्ने क्षण दिएका छन् । यीनै फुटबलका चर्चित खेलाडी आयुष लोकप्रिय खेलाडी बने।
अवार्डमा यो पटक कुल ८ विधामा १३ खेलाडी तथा खेल व्यक्तित्वलाई अवार्ड र नगद सहित सम्मान गरिनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]