default_image

7 months ago

May 18, 2025

चित्रकारलाई उत्कृष्ट खेलकुद पत्रकार अवार्ड

1416 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथखेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा वरिष्ठ खेल पत्रकार काठमाडौंका श्याम चित्रकारलाई उत्कृष्ट खेलकुद पत्रकार अवार्ड प्रदान गरिएको छ।

बागमती प्रदेशको राजधानी हेटौंडामा आज आयोजित कार्यक्रममा चित्रकारलाई खेलकुद पत्रकारीता अवार्ड
प्रदान गरियो। अवाडसँगै उनलाई ५० हजार रुपैयाँ पनि प्रदान गरिएको छ।

झन्डै साढे चार दशकयता फोटो र भिडियोमार्फत खेलकुद पत्रकारितामा सक्रिय सहभागिता हुँदै आएका चित्रकार ८२ वर्षको उमेरमा पनि आफ्नो कर्ममा उत्तिकै सक्रिय छन् ।

नयाँ पुस्तालाई खेल पत्रकारितामा आबद्ध हुनका लागि प्रेरणाका श्रोत रहेका चित्रकार युवा अवस्थामा झन्डै ७ वर्ष फुटबल खेलाडीका रुपमा सक्रिय रहेका थिए।

२०२० सालदेखि लगातार ७ वर्ष महावीर क्लबबाट र केहि समय एनआरटी क्लबबाट पनि खेले । उनले आफ्नो समयमा एथलेटिक्समा खेलेका थिए।

देशको पहिलो टेलिभिजन नेपाल टेलिभिजनको पहिलो क्यामरापर्सन समेत रहेका चित्रकार नेपाली खेलकुदका अनेकन एतिहासिक क्षणका साक्षी हुन् ।

नेपाली खेलकुदको विकास क्रमलाई खेल पत्रकारिताका माध्यमबाट नजिकबाट नियाल्ने अवसर पाएका चित्रकारले व्यवसायिक रुपमा कुनै सम्भावना नभएको समयबाट हालको प्रतिस्पर्धात्मक समयमा पनि आफूलाई सक्रिय राख्नु उदाहरणीय प्रयास हो ।

२०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुदबाट खेलकुद पत्रकारितामा सक्रिय चित्रकारले नवौं संस्करण सम्म आइपुग्दा फोटो र भिडियोको सग्रह नै बनाएका छन्।

व्यवसायिक खेल पत्रकारितामा उनको भूमिका प्रेरणादायी र एतिहासिक रहेको छ । उनीसँग जस्तो नेपाली खेलकुद राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताको फोटो र भिडियोको अभिलेख अन्य कोहीसँग छैन । नेपाली खेल पत्रकारिताको प्रसंग उल्लेख गर्दा चित्रकारको नाम विना त्यो पूरा हुनेछैन ।

अवार्डमा यो पटक कुल ८ विधामा १३ खेलाडी तथा खेल व्यक्तित्वलाई अवार्ड र नगद सहित सम्मान गरिएको छ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.