default_image

7 months ago

May 18, 2025

चित्रकारलाई उत्कृष्ट खेलकुद पत्रकार अवार्ड

1384 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथखेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा वरिष्ठ खेल पत्रकार काठमाडौंका श्याम चित्रकारलाई उत्कृष्ट खेलकुद पत्रकार अवार्ड प्रदान गरिएको छ।

बागमती प्रदेशको राजधानी हेटौंडामा आज आयोजित कार्यक्रममा चित्रकारलाई खेलकुद पत्रकारीता अवार्ड
प्रदान गरियो। अवाडसँगै उनलाई ५० हजार रुपैयाँ पनि प्रदान गरिएको छ।

झन्डै साढे चार दशकयता फोटो र भिडियोमार्फत खेलकुद पत्रकारितामा सक्रिय सहभागिता हुँदै आएका चित्रकार ८२ वर्षको उमेरमा पनि आफ्नो कर्ममा उत्तिकै सक्रिय छन् ।

नयाँ पुस्तालाई खेल पत्रकारितामा आबद्ध हुनका लागि प्रेरणाका श्रोत रहेका चित्रकार युवा अवस्थामा झन्डै ७ वर्ष फुटबल खेलाडीका रुपमा सक्रिय रहेका थिए।

२०२० सालदेखि लगातार ७ वर्ष महावीर क्लबबाट र केहि समय एनआरटी क्लबबाट पनि खेले । उनले आफ्नो समयमा एथलेटिक्समा खेलेका थिए।

देशको पहिलो टेलिभिजन नेपाल टेलिभिजनको पहिलो क्यामरापर्सन समेत रहेका चित्रकार नेपाली खेलकुदका अनेकन एतिहासिक क्षणका साक्षी हुन् ।

नेपाली खेलकुदको विकास क्रमलाई खेल पत्रकारिताका माध्यमबाट नजिकबाट नियाल्ने अवसर पाएका चित्रकारले व्यवसायिक रुपमा कुनै सम्भावना नभएको समयबाट हालको प्रतिस्पर्धात्मक समयमा पनि आफूलाई सक्रिय राख्नु उदाहरणीय प्रयास हो ।

२०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुदबाट खेलकुद पत्रकारितामा सक्रिय चित्रकारले नवौं संस्करण सम्म आइपुग्दा फोटो र भिडियोको सग्रह नै बनाएका छन्।

व्यवसायिक खेल पत्रकारितामा उनको भूमिका प्रेरणादायी र एतिहासिक रहेको छ । उनीसँग जस्तो नेपाली खेलकुद राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताको फोटो र भिडियोको अभिलेख अन्य कोहीसँग छैन । नेपाली खेल पत्रकारिताको प्रसंग उल्लेख गर्दा चित्रकारको नाम विना त्यो पूरा हुनेछैन ।

अवार्डमा यो पटक कुल ८ विधामा १३ खेलाडी तथा खेल व्यक्तित्वलाई अवार्ड र नगद सहित सम्मान गरिएको छ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.