default_image

7 months ago

May 18, 2025

संगिनालाई ‘बागमतीको शान’ अवार्ड

413 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा ऐतिहासिक तेक्वान्दो खेलाडी नुवाकोटकी संगिना वैद्य ‘बागमतीको शान अवार्ड’ प्राप्त गर्न सफल भएकी छिन्।

बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आज आयोजित कार्यक्रममा तेक्वान्दो क्विन संगिनालाई बागमतीको शान अवार्ड प्रदान गरिएको हो। अवार्डसँगै उनलाई १ लाख रुपैयाँ प्रदान गरियो।

नेपाली खेलकुदको लागि नसोचिएको बाटो खोल्ने मार्गदर्शक हुन्, संगिना। जब ओलम्पिकमा नेपालको उपस्थिति वाइल्ड कार्डको भरमा सिमित थियो। तब संगिनाले त्यो परिपाटी तोडिन्।

बैंककमा सम्पन्न एसिया र ओसियाना क्षेत्रीय छनोट प्रतियोगितामा जित निकाल्दै उनी सन्‌ २००४ को एथेन्स ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी बनिन्। त्यो क्षण नेपाली खेलकुदको इतिहासमा कोरिएको स्वर्ण अक्षर हो।

तेक्वान्दोमा उनको प्रभुत्व भनेजस्तै अद्वितीय रह्यो। हङकङमा आयोजित एसियाली च्याम्पियनसिपमा उनले कास्य जितिन्। तेक्वान्दोको एसियन च्याम्पियन पनि बनेकी संगिना दक्षिण एसियाली खेलकुद (साग) मा आठौं र नवौं संस्करणमा स्वर्ण र दशौंमा कास्य जित्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झन्डा सानका साथ फहराइन्।

संगिनाको अर्को विशेषता हो, फ्लसई वेट। उनले करिअरभरि फ्लाइ वेट क्याटेगोरीमै प्रतिस्पर्धा गरिन्। तेक्वान्दो जस्तो खेलमा यो स्थिरता दुर्लभ मानिन्छ।
खेल जीवनपछि पनि उनी तेक्वान्दोबाट टाढा रहिनन्।

प्रशिक्षकको रूपमा देशलाई पदक उिलाउने भुमिकामा रहिन्। १३औं सागमा नेपालले जितेको १२ स्वर्ण, ६ रजत र ११ कास्य पदकको ऐतिहासिक सफलतामा उनी एक प्रेरणादायी प्रशिक्षकको रूपमा अग्रपंक्तिमा थिइन्।

उनी एउटा पुस्ताको मात्र होइनन्, आउने पुस्ताहरूका लागि पनि प्रेरणाको स्रोत रहिरहनेछिन्। उनै संगिना बागमतीकी शानको अवार्डको पक्का हकदार पनि हुन्।
अवार्डमा यो पटक कुल ८ विधामा १३ खेलाडी तथा खेल व्यक्तित्वलाई अवार्ड र नगद सहित सम्मान गरिएको छ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.