7 months ago
May 18, 2025
हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा राष्ट्रिय खोखो खेलाडी मकवानपुरका राजन बलले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्राप्त गरेका छन्।
बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आज आयोजित कार्यक्रममा राजनलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको छ। अवार्डसँगै उनलाई १ लाख रुपैयाँ प्रदान गरियो।
राजन बल नेपालको राष्ट्रिय खोखो टोलीका सदस्य हुन् । नेपालले यसै वर्ष खोखो विश्वकपमा ऐतिहासिक दोस्रो स्थान हासिल गर्दा टोलीका महत्त्वपूर्ण सदस्य थिए ।
नेपालका लागि १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जितेका राजनले सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुदमा पनि पदक प्राप्त गरेका थिए ।
खेल जीवनमा एकपछि अर्को सफलता हासिल गरेका राजनले प्रशिक्षकको भूमिकामा पनि छन् ।
उनी कीर्तिपुरस्थित खोखो एकेडेमीमा प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका छन्। नेपाललाई विश्व मञ्चमा चिनाउन महत्त्वपूर्ण योगदान दिएका राजन उत्कृष्ट वर्ष खेलाडी बनेका हुन्।
अवार्डमा यो पटक कुल ८ विधामा १३ खेलाडी तथा खेल व्यक्तित्वलाई अवार्ड र नगद सहित सम्मान गरिएको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]