7 months ago
May 18, 2025
हेटौंडा (हाम्रो खेलकुद)- चर्चित राष्ट्रिय कराते खेलाडी धादिङकी एरिका गुरुङ बागमती स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड प्राप्त गरेकी छिन्।
बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजना भएको स्पोर्टस अवार्ड बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा भएको थियो ।
कार्यक्रममा एरिकालाई उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो। अवार्डसँगै उनलाई १ लाख रुपैयाँ पनि प्रदान गरिएको छ।
छोटो समयमा एरिकाले प्राप्त गरेको सफलता र पदक लोभलाग्दो छ। स्टार कराते खेलाडी एरिकाले गत वर्ष २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत हात पारिन्। एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियाको प्रतियोगितामा नेपालले जितेको यो पहिलो पदक बन्यो।
यसअघि १९औं एसियाली खेलकुदमा २५ वर्षको व्यक्तिगत रजतको खडेरीलाई तोडिन् । उनले पहिलो पटक नेपाललाई करातेमा एसियन गेम्सबाट रजतको ऐतिहासिक सफलता दिलाईन। यो सँगै उनी नेपाली करातेलाई सर्वाधिक ठुलो पदक दिलाउने खेलाडी बनिन। उनले १९ वर्षको उमेरमा यो सफलता प्राप्त गरेकाि थिइन्।
अधिकांश अन्तराष्ट्रिय प्रतियोगितामा उनी पदक जितिरहने खेलाडीको अग्रसुचीमा छिन्। करिब दुई वर्षको छोटो अन्तराष्ट्रिय करियरमा उनले ८ अन्तराष्ट्रिय प्रतियोगितामामा देशको लागि ५ स्वर्ण र ४ रजत गरी कुल ९ पदक जितेकी छिन्। मात्र एक प्रतियोगितामा उनी पदक विजिन हुनपरेको छ।
उनी नेपाली करातेकी निर्विवाद सर्वाधिक सफल खेलाडी हुन्। अवार्डमा यो पटक कुल ८ विधामा १३ खेलाडी तथा खेल व्यक्तित्वलाई अवार्ड र नगद सहित सम्मान गरिएको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]