default_image

7 months ago

May 18, 2025

नेगीलाई उत्कृष्ट प्रशिक्षक अवार्ड

703 views

0 Bookmark

एजेन्सी – बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षक अवार्ड प्रदान गरिएको छ।

बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आयोजित कार्यक्रममा प्रशिक्षक नेगीलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड घोषित भए। साथै उनलाई १ लाख रुपैयाँ प्रदान गरियो।

नेपालले जितेको सबैभन्दा ठुलो पदक पेरिस पारालिम्पक्समा पलेशा गोवर्धनले जितेको कास्य पदक हो। सो कास्य पदकको पर्दा पछाडिका एकल नायक प्रशिक्षक मकवानपुरका कविराज नेगी हुन्।

पारा तेक्वान्दो आज जहाँसम्म आइपुगेको छ। त्यसको सम्पूर्ण श्रेय नेगीलाई जान्छ। उनले निःस्वार्थ भावनाले कुनै सेवा सुविधा बिना नै सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षणमा आफूलाई समर्पित गरेका छन्। कुनै संकोच वा सम्झौता नगरी एक्लै र एकोहोरो नै भएर उनी पारा तेक्वान्दो खेलाडीहरूको सारथी बने।

२०१६ मा पलेशा गोभर्धन राष्ट्रिय टोलीमा परेपछि नेपाली पारा तेक्वान्दोको यात्रा नयाँ उचाइतर्फ उन्मुख भयो। त्यसयता सफलताको श्रृंखला सुरु भयो। नेगीकै प्रशिक्षणमा ह्वाङझाउमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा पलेशाले ऐतिहासिक कास्य पदक जितिन्।

त्यसैगरी पेरिस पारालिम्पिक्समा समेत कास्य जितेर नेपाललाई विश्वमञ्चमा चिनाउन सफल भए। नेगीको प्रशिक्षणमा पारा तेक्वान्दोले नेपाललाई ३ स्वर्ण, ६ कास्य र २ रजत गरी ११ पदक जितिसकेको छ।

पारा तेक्वान्दोमा समर्पित प्रशिक्षक नेगी उत्कृष्ट प्रशिक्षकका हकदार पनि हुन्। अवार्डमा यो पटक कुल १२ विधामा खेलाडी तथा खेल व्यक्तित्वलाई अवार्ड र नगद सहित सम्मान गरिनेछ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.