default_image

7 months ago

May 18, 2025

सिएम पुरुषोत्तमलाई बुद्धिचाल उपाधि

382 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद)- उभौली पर्वको अवसरमा सम्पन्न प्रथम राष्ट्रब्यापी रेटिङ बुद्धिचालको उपाधि सिएम पुरुषोत्तम चौलागाईंले जितेका छन्। 

पूर्व नेपाल च्याम्पियन पुरुषोत्तमले आठ खेलमा जित निकाली ८ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा उपाधि जितेका हुन्।

एक खेलमा हार व्यहोरेका चौलागाईंले महत्त्वपूर्ण फाइनल खेलमा खोटाङका धिरेन राईलाई पराजित गरे। उनले ट्रफी सहित ५१ हजार रुपैयाँ प्राप्त गरे ।

स्पर्धामा फिडे मास्टर रुपेश जैशवालले समान ८ अंक नै जोडे पनि पुरुषोत्तमसंग प्रोग्रेसिभ अंकको आधारमा पछि पर्दै दोस्रो स्थानमा रहे।

नेपाल च्याम्पियन रुपेशले अन्तिम खेलमा सुनसरीका राजेन्द्र राईलाई निकै कठिन खेलमा पन्छाउदै ३५ हजार रुपैयाँ पाए।

सिएम नवीन तण्डुकार तेस्रो स्थानमा रहे। पूर्व नेपाल च्याम्पियनले नवौं चरणको खेलमा ललितपुरका सरोज महर्जनलाई हराए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे।
पुरुषोत्तमसंग हारेका धिरेन राई चौथो भए र २५ हजार रुपैयाँ प्राप्त गरे। आयोजक बिर्तामोड चेस क्लबका ज्वाला इम्बुङ पाँचौ भए र उनले २० हजार रुपैयाँ जिते ।

प्रतियोगितामा विधागत तर्फ नव प्रवेशी जीवन राई, सिनियरमा वसन्त लामा, महिला कृतिसारा अधिकारी, झापा जिल्ला राज लिम्बू, रेटिङ १६ सयमा डा. सन्तोष प्रसाद साह, १८ सयमा विनय थापा, युवा १४ कृष्णप्रसाद भारती, युवा १८ सम्यक श्रेष्ठ उत्कृष्ट बने।

स्थानीय तर्फ विष्णुप्रसाद पाठक, राज श्रेष्ठ, क्षितिज लिम्बू , महिलामा विनिता राई , स्कुल तर्फ आदर्श रिजाल, निश्चल पाठक, सुलभ ओझा , प्रदेश तर्फ विश्वविजय घिमिरे, अनुशासित हरिकुमार गुरुङ, फरक क्षमतामा लक्ष्मीप्रसाद कन्दङ्वा उत्कृष्ट बन्दै नगद पुरस्कार प्राप्त गरे।

३३ जनाले ३ लाख ३५ हजार ५ सय रुपैयाँ प्राप्त गरे। बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईं , हेराकाजी महर्जन, प्रायोजक किरात याक्थुक चुम्लुङका भिममाया नेम्वाङ, जिल्ला सचिव हिमालय कन्दङ्वा, नगर अध्यक्ष समेतले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरे।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.