default_image

7 months ago

May 18, 2025

एरिका र राजन बागमतीका‌ वर्ष उत्कृष्ट खेलाडी

455 views

0 Bookmark

रविन्द्र वाईबा, हेटौंडा

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा चर्चित राष्ट्रिय कराते खेलाडी धादिङ एरिका गुरुङ र राष्ट्रिय खोखो खेलाडी मकवानपुरका राजन बल बर्ष उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आज आयोजित कार्यक्रममा बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आयोजित कार्यक्रममा राजनलाई उत्कृष्ट पुरूष खेलाडीको अवार्ड प्राप्त गरे। अवार्डसँगै उनलाई  १ लाख रुपैयाँ प्रदान गरियो। 
नेपालले यसै वर्ष खोखो विश्वकपमा ऐतिहासिक दोस्रो स्थान हासिल गर्दा टोलीका महत्त्वपूर्ण सदस्य थिए । नेपालका लागि १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा कास्य पदक जितेका राजनले सातौं,आठौं र नवौं राष्ट्रिय खेलकुदमा पनि पदक प्राप्त गरेका थिए।

ऐतिहासिक कराते खेलाडी एरिकालाई उत्कृष्ट महिला खेलाडीको अवार्डबाट सम्मानित भएकी छिन्। अवार्डसँगै उनलाई  १ लाख रुपैयाँ प्रदान गरिएको छ।
एरिकाले गत वर्ष २० औं  सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत हात पारेकी थिइन्। एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियाको प्रतियोगितामा नेपालले जितेको यो पहिलो पदक हो। करिब दुई वर्षको छोटो अन्तराष्ट्रिय करियरमा उनले ८ अन्तराष्ट्रिय प्रतियोगितामामा देशको लागि ५ स्वर्ण र ४ रजत गरी कुल ९ पदक जितेकी छिन्।
पेरिस पारा ओलम्पिक्सकी कास्य विजेता काठमाडौंकी पलेशा गोवर्धन उत्कृष्ट पारा खेलाडीको अवार्ड प्राप्त गर्न सफल भएकी छिन्।
अवाडसँगै उनलाई ५० हजार प्रदान गरिएको छ। उनी अहिले अध्ययनको क्रममा चीनमा रहेकी छिन्। उनको बुवा प्रदीप गोवर्धनले अवार्ड ग्रहण गरे।
पलेशाले पेरिस पारालिम्पिक्समा के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुह कास्य जित्दै  नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेकी थिइन्।

नेपालका नम्बर एक एमेच्योर गल्फर काठमाडौंका सदभाव आचार्य उत्कृष्ट युवा खेलाडी बन्न सफल भएका छन्। उनलाई  अवार्ड सहित ५० हजार रुपैयाँ प्रदान गरिएको छ।

उनले गत वर्ष २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फ ऐतिहासिक उपाधि जिते। नेपालले फाल्डो सिरिज ग्रान्ड फाइनलमा जितेको यो पहिलो उपाधि हो। सदभाव ओभरअलतर्फ दोस्रो भएका थिए।
यस्तै ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा  सदभावले ऐतिहासिक स्वर्ण जिते। यही प्रतियोगितामा उनले टिमतर्फ पनि स्वर्ण जितेका थिए।‌

पारा तेक्वान्दो प्रशिक्षक मकवानपुरका कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षक अवार्ड हात पारे।  साथै उनलाई १ लाख रुपैयाँ प्रदान गरियो। नेपालले अहिलेसम्म जितेको सबैभन्दा ठूलो पदक पेरिस पारालिम्पक्समा पलेशाले प्राप्त गरेको कास्य हो। यही कास्य पदकको सफलताको अदृश्य शक्ति हुन्, प्रशिक्षक नेगी।

पारा तेक्वान्दोलाई यो उचाईमा पुर्याउने सम्पूर्ण श्रेय पनि नेगीलाई जान्छ। नेगीको प्रशिक्षणमा पारा तेक्वान्दोले नेपाललाई ३ स्वर्ण, ६ कास्य र २ रजत गरी ११ पदक दिलाइसकेको छ।

यस्तै स्पोर्टस अवार्डमा ऐतिहासिक तेक्वान्दो खेलाडी नुवाकोटकी संगिना वैद्य ‘बागमतीको सान अवार्ड’ प्राप्त गर्न सफल भएकी छिन्। अवार्डसँगै उनलाई १ लाख रुपैयाँ प्रदान गरियो।

सन्‌ २००४ को एथेन्स ओलम्पिकमा छनोट हुने संगिना पहिलो नेपाली खेलाडी हुन्। छनौट भएर उनले एथेन्स ओल्मपिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।तेक्वान्दोमा उनको प्रभुत्व  अद्वितीय रह्यो।

हङकङमा आयोजित एसियाली च्याम्पियनसिपमा उनले कास्य जितिन्। सागमा आठौं र नवौं संस्करणमा स्वर्ण र दशौंमा कास्य पदक जित्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झन्डा सानका साथ फहरान् ।

खेल जीवनपछि उनको प्रशिक्षण करियर पनि सफल रहयो। १३औं सागमा नेपालले जितेको १२ स्वर्ण, ६ रजत र ११ कास्य पदकको ऐतिहासिक सफलतामा उनी एक प्रेरणादायी प्रशिक्षकको रूपमा अग्रपंक्तिमा थिइन्।

स्पोर्टस अवार्डमा एथलेटिक्सका लिजेन्ड काठमाडौं बैकुण्ठ मानन्धर र दोलखाका जित बहादुर केसीलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ। मानन्धर र केसीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड सहित समान १ लाख रुपैयाँ प्रदान गरियो।

काठमाडौं मानन्धरले सागको पहिलो, दोस्रो र तेस्रो संस्करणमा लगातार म्याराथन स्वर्ण जितेर उनले नेपाली खेलकुदमा सुनौलो युगको आरम्भ गरे। उनले १९८७ मा बनाएको २ घन्टा १५ मिनेट ०३ सेकेन्डको समय आजसम्म साग म्याराथनको कीर्तिमानका रूपमा अटल छ।

३८ वर्षसम्म नटुटेको रेकर्ड। यो कीर्तिमान केवल व्यक्तिगत उपलब्धि होइन। समग्र नेपाली खेलकुदको गौरव हो। मानन्धरले चार ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरे।   १९७६ देखि १९८८ सम्म लगातार चार ओलम्पिकमा सहभागिता जनाउने उनी पहिलो र एक्लो नेपाली खेलाडी हुन्। 

केसी नेपाली खेलकुदको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने गौरवशाली धावक हुन्। १९७३ मा फिलिपिन्समा सम्पन्न एसियन एथलेटिक्स च्याम्पियनसिपमा उनले म्याराथन दौडमा कांस्य पदक जिते।

नाङ्गो खुट्टाले जितेको त्यो कास्य नेपालले अन्तराष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको पहिलो अन्तर्राष्ट्रिय पदक हो। उनले ओलम्पिक्समा पनि नेपालको प्रतिनिधित्व गरेका थिए।

यसैगरी स्पोर्टस अवार्डमा राष्ट्रिय भलिबल टिमकी खेलाडी काठमाडौं सलिना श्रेष्ठ, राष्ट्रिय फुटबल खेलाडी मकवानपुर आयुष घलान र राष्ट्रिय एथलेटिक्स खेलाडी धादिङकी सन्तोषी श्रेष्ठलाई लोकप्रिय खेलाडी अवार्ड प्रदान गरिएको छ। अवार्डसँगै उनीहरुले समान ५० हजार रुपैयाँ प्राप्त गरे।

ललितपुरका विनोद महर्जनलाई उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्ष अवार्डबाट सम्मान गरिएको छ।  उनले ५० हजार रुपैयाँ पनि प्राप्त गरे।

बरिष्ठ खेल पत्रकार काठमाडौंका श्याम चित्रकारलाई उत्कृष्ट खेलकुद पत्रकार अवार्ड प्रदान गरिएको छ। अवार्डसँगै उनले ५० हजार रुपैयाँ प्राप्त गरे।

अवार्डमा यो पटक कुल ८  विधामा १३ खेलाडी तथा खेल व्यक्तित्वलाई अवार्ड र नगद सहित सम्मान गरियो। बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेश अवार्ड कार्यक्रम पहिलो पटक आयोजना गरेको हो।

अवार्ड कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले देशको नाम उच्च राख्न खेलकुदका माध्यमबाट खेलाडीहरुले महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् ।

मुख्यमन्त्री लामाले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । खेलाडी उत्पादन र संरचना विकासमा गरिएका लगानीलाई व्यवस्थित गर्ने गरी सरकारले नीति कार्यक्रम तयार गरेको उनले बताए ।

कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारले प्रशिक्षण केन्द्रका रुपमा खेल पूर्वाधारको विकास गर्ने बताए । खेलको पूर्वाधारलाई नियमित र निरन्तर बनाउन तथा खेलाडी उत्पादनका लागि पूर्वाधारमा लगानी बढाउँदै प्रशिक्षण केन्द्रको रुपमा विकास गर्ने बताए ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संघीय संरचनालाई बलियो बनाउन खेलकुद क्षेत्रले भुमिका खेलेको बताए । उनले प्रदेशको पहिचानको रुपमा खेलकुद क्षेत्र मार्फत् योगदान पुर्‍याएको बताए । खेलकुद क्षेत्रका विकास र प्रवद्र्धनबाट स्वास्थ्य, संस्कृति, पर्यटनको विकासमा समेत सहयाग पुग्ने उनको भनाई छ ।

मुख्यमन्त्री लामा, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, आर्थिक मामिला तथा योजना मन्त्री काफ्ले, खानेपानी उर्जा तथा सिंचाई मन्त्री श्याम खड्का, सहकारी तथा गरिवी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी, प्रदेश युवा परिषदका सदस्य सचिव दीपक लामा लगायतले अवार्ड वितरण गरेका थिए ।

बागमती प्रदेश स्पोर्टस अवार्डका विजेता
१.जित बहादुर केसी, दोलखा (एथलेटिक्स, लाइफ टाइम एचिभमेन्ट)
२. बैकुण्ठ मानन्धर, काठमाडौं (एथलेटिक्स, लाइभ टाइम एचिभमेन्ट)
३. एरिक गुरुङ, धादिङ ( कराते, उत्कृष्ट खेलाडी महिला)
४. राजन बल, मकवानपुर (खोखो, उत्कृष्ट खेलाडी पुरुष )
५.कवि राज नेगी, मकवानपुर (उत्कृष्ट प्रशिक्षक)
६. श्याम चित्रकार, काठमाडौं ( उत्कृष्ट पत्रकार)
७. आयुष घलान, मकवानपुर (फुटबल, लोकप्रिय खेलाडी)
८. सलिना श्रेष्ठ, काठमाडौं (भलिबल, लोकप्रिय खेलाडी)
९. सन्तोषी श्रेष्ठ, धादिङ ( एथलेटिक्स, लोकप्रिय खेलाडी)
१०. संगिता वैद्य, नुवाकोट (बागमतीको शान)
११. परमेशा गोवर्धन, काठमाडौं ( उत्कृष्ट पारा तेक्वान्दो खेलाडी)
१२. सदभाव आचार्य, काठमाडौं (गल्फ, युवा खेलाडी)
१३.विनोद महर्जन, ललितपुर – (उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्ष)

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.