7 months ago
May 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्वदेश गुरुङले टर्किस एयरलाइन्स वर्ल्ड गाल्फ कप- एमेच्योर सिरिजको उपाधि जितेका छन्।
आज गोकार्ण गोल्फ क्लबमा स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप फारम्याटमा सम्पन्न प्रतियोगितामा गुरुङले ४२ अंककासाथ उपाधि जितेका हुन्।
उपाधिसँगै उनी आगामी नोभेम्बरमा एन्टाल्यामा हुने टर्किस एयरलाइन्स वर्ल्ड गाल्फ कपको ग्राण्ड फाइनलमा पनि छनोट भएका छन्।
आङ डेन्डी शेर्पा काउन्ट ब्याकमा दोस्रो भए। प्रदीप केसीले पनि शेर्पाले जतिकै ४१ अंक जोडे। नाइनमा शेर्पाले २० र केसीले १९ अंक रहेको थियो।
वाङचेन धोन्डुपले ४१ अंक सहित ग्रसतर्फ पहिलो भए। मनोहर दास मूल र विपना श्रेष्ठले क्लोजेस्ट टु दी पिनको उपाधि जिते।
टर्किस एयरलाइन्सले प्रायोजन गरेको प्रतियोगितामा कुल ८४ खेलाडीको सहभागिता थियो। विजयी खेलाडीहरूलाई टर्किस एयरलाइन्स काठमाडौंका जनरल म्यानेजर सेरकान बासार लगायतले पुरस्कार वितरण गरे।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]