default_image

7 months ago

May 19, 2025

सूर्य नेपाल च्यालेन्ज – ४७ गल्फरले खेल्ने

362 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल च्यालेन्ज रोयल नेपाल गल्फ क्लबमा मंगलवार सुरु हुँदैछ।

सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत यो सातौँ प्रतियोगिता हो। ७२ होलको ४ दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ गल्फरले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्नेछन्।

३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले कट बनाउनेछन्।

जारी सिजन उत्कृष्ट लयमा रहँदै ३ वटा उपाधि जितिसकेका धरानका प्रो निरज तामाङ यो पटक पनि प्रमुख दाबेदारको रुपमा रहेका छन्। उनलाई साविक विजेता रवि खड्कासँगै तोरण विक्रम शाही, दिनेश प्रजापति लगायतका खेलाडीले चुनौती दिन सक्छन्।

नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी यो सिजन उपाधि विहिन छन्। उनको लागि व्यक्तिगत चुनौतीको रुपमा समेत रहेको छन ।

यो सिजन काठमाडौँ ओपनको उपाधि विजेता तथा नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले नखेल्ने भएका छन्। अर्का एमेच्योेर गल्फर राहुल विश्वकर्मा पनि उपाधि जित्न सक्ने क्षमता भएका खेलाडी हुन्। उनले यो सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपनको उपाधि जितेका थिए।

करिब डेढवर्षपछि पूर्व नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले घरेलु टुरमा पुनरागमन गर्दैछन्। चोटको कारण उनले लामो समय खेल्न सकेनन्। चोट मुक्त भएपछि उनी भारतीय गल्फ टुर खेल्न गएका थिए। अहिले भारतीय टुरमा ब्रेक भएकोले उनले यो स्पर्धा खेल्न लागेका हुन्।

कुल ६ लाख रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख १० हजार, दोस्रोले ७० हजार र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरले पनि नगद प्राप्त गर्नेछन्।

मुख्य स्पर्धा पछि शनिवार प्रो-एम प्रतिस्पर्धा हुने आयोजक नेपाल प्रोफेशनल गल्फर्स एसोसिएसन (एनपिजिए) ले जनाएको छ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.