7 months ago
May 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व नम्बर एक गल्फर शुक्र बहादुर राई र भुवन कुमार रोक्का सूर्य नेपाल च्यालेन्जको पहिलो दिन संयुक्त रुपमा शीर्षस्थानमा रहन सफल भएका छन्।
पार-६८ को रोयल नेपाल गल्फ क्लबमा शुक्र र भुवनले आज ७-अन्डर ६१ को सानदार स्कोरमा दिनेश प्रजापतिलाई ३ स्ट्रोकले पछि पारे।
करिब दुई वर्षपछि घरेलु टुरमा फर्किएका शुक्रले सानदार कमब्याक गरेका छन्। उनले बोगी रहित कार्ड बनाए। तेस्रो र चौथो होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। ब्याक नाइनमा उनले कुल ५ बर्डी प्रहार गरे।
१०औं र ११औं तथा यसपछि १३औं देखि १५औं होलमा लगातार तीन बर्डी प्रहार गरे। ब्याक नाइन ५-अन्डर २९ मा पुरा गरे। चोटपछि उनले भारतीय गल्फ टुर खेलिरहेका छन्।
भुवनले पनि सानदार प्रदर्शन गरे। फ्रन्ट नाइनमा ५-अन्डर २९ को नतिजा निकाले। उनले पहिलो, चौथो, छैटौं, सातौं र आठौं होलमा बर्डीको सफलता गरे। यसपछि १०औं, १३औं र १४औं होलमा एक-एक सट बचाए। १६औं होलको बोगीले ब्याक नाइन २-अन्डर ३२ मा सकाए।

तेस्रो स्थानमा रहेका दिनेशले ४-अन्डर ६४ को स्कोर जोडे। नेपाल नम्बर एक भुवन नगरकोटी ३-अन्डर ६५ सहित चौथो र रामे मगर २-अन्डर ६६ को स्कोरमा पाँचौं स्थानमा रहेका छन्।
१-अन्डर ६७ को स्कोरमा प्रदीप कुमार लामा, दीपक मगर, निरज तामाङ, जयराम श्रेष्ठ र साबिक विजेता रवि खड्काले संयुक्तरुपमा छैटौं स्थान बाँडे।
एमेच्योरतर्फ फुन्सोक नोर्बु लामा र राहुल विश्वकर्मा इभन-पार ६८ को स्कोरमा संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। उनीहरूले बलराम पौडेल र निश्चयजङ्ग रायमाझीलाई एक स्ट्रोकले पछि पारेका छन्। बलराम र निश्चयले १-ओभर ६९ स्कोर गरे।
७२ होलको ४ दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागिता छ। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले बाँकी ३६ होलको लागि स्थान बनाउनेछन्।
कुल ६ लाख रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख १० हजार, दोस्रोले ७० हजार र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरले पनि नगद प्राप्त गर्नेछन्।मुख्य स्पर्धा पछि शनिवार प्रो-एम प्रतिस्पर्धा हुनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]