7 months ago
May 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा मंगलबार शीर्ष स्थानको हाउण्ड्स एकेडेमी र टाइम्स बास्केटबल क्लब विजयी भएका छन् ।
कीर्तिपुर कभर्डहलमा भएको पहिलो खेलमा हाउण्ड्सले विजय बुर्जाको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली कीर्तिपुर क्लबलाई ८०-६९ ले पराजित गरेको हो ।
सुरुवात देखि लिएको अग्रता नै हाउण्ड्सको जितमा निर्णायक बन्यो । हाउण्ड्सले पहिलो क्वाटरमा २५-२३, दोस्रो क्वाटर २१-९ र तेस्रो क्वाटर २०-११ ले आफ्नो पक्षमा पारेको थियो ।
चौथो क्वाटरअघि हाउण्ड्सले ६८-४३ को फराकिलो अग्रता बनाएको थियो । चौथो तथा अन्तिम क्वाटर कीर्तिपुरले २५-१४ ले आफ्नो पक्षमा पारेपनि हाउण्ड्सले जित हात पारेको हो ।
हाउण्ड्सको जित विजय विजय एक्लैले सर्वाधिक ३४ अंक स्कोर गरे । उनऔ मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । कीर्तिपुरका निश्चल महर्जनले २३ अंक स्कोर गरे ।
हाउण्ड्स चौथो जितपछि ५ खेलबाट ९ अंकसहित शीर्ष स्थानमै छ । तेस्रो हार बहोरेको कीर्तिपुरले ५ खेलबाट ७ अंक जोडेको छ ।
यस्तै दोस्रो खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ८४-६९ ले हराउँदै तेस्रो जित हासिल गरेको छ ।
पहिलो क्वाटरमा सामुखशीले १८-१३ को अग्रता लिएपनि त्यसपछि टाइम्सले खेलमा पुनरागमन गरेको थियो ।
टाइम्सले दोस्रो क्वाटरमा २७-२१ र तेस्रो क्वाटरमा २७-१२ को अग्रता बनाउदै अन्तिम क्वाटरअघि ६७-५१ को अग्रता बनाएको थियो । चौथो तथा अन्तिम क्वाटर सामाखुशीले १८-१७ ले आफ्नो पक्षमा पारेपनि टाइम्सलाई जितबाट रोक्न सकेन ।
टाइम्सका मनिष केसीले २० अंक स्कोर गरे । उनी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । यस्तै सामाखुशीका विक्रम डंगोलले पनि २० अंक स्कोर गरेका थिए ।
तेस्रो जितपछि टाइम्स ८ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । सामाखुशीको यो लगातार पाँचौ हार हो । सामाखुशीले अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन ।
पराजित भएपनि १ अंक प्राप्त हुने हुँदा सामाखुशी ५ अंकसहित अंकतालिकामा पुछारमा छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]