default_image

7 months ago

May 22, 2025

तेस्रो दिन पनि शुक्र अगाडि

285 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन धरानका प्रो शुक्र बहादुर राई ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहेका छन् ।

समग्रमा ११-अन्डर १ सय ९३ को स्कोर‌मा उनले भुवन कुमार  रोक्कालाई ३ स्ट्रोकले पछि पारेका छन्। अन्तिम १८ होलको खेल बाँकी रहँदा ३ स्ट्रोकले अगाडि रहेका शुक्रले उपाधि जित्ने संभावनालाई मजबुत बनाएका छन्। आज शुक्रले ५-अन्डर ६३ को सानदार स्कोर निकाले।

लिडर शुक्रले फ्रन्ट नाइन ३-अन्डर ३१ मा सकाए। उनले पहिलो, दोस्रो, चौथो र आठौं होलमा बर्डी प्रहार गरे। तेस्रो होलमा भने एक सट खेर फाले। यसपछि ११औं र १२औं होलमा बर्डीको सफलतासँगै ब्याक नाइन २-अन्डर ३२ मा पूरा गरे।

पहिलो दिन संयुक्तरुपमा शीर्षस्थानमा रहेका भुवनले पनि ५-अन्डर ६३ को स्कोर दर्ज गर्दै समग्रमा ८-अन्डर १ सय ९६ सहित दोस्रो स्थानमा उक्लिए।

भुवनले चौथो होलमा तथा सातौं देखि नवौं होलसम्म लगातार तीन बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए। यसपछि १२औं र १३औं होलमा एक-एक सट बचाए। १६औं होलको बोगीले ब्याक नाइनमा १-अन्डर ३३ को नतिजा निकाले।

यो सिजन ३ उपाधि जितिसकेका निरज तामाङले आज दिनकै उत्कृष्ट ६-अन्डर ६२ को स्कोर गरे। समग्रमा ७-अन्डर १ सय ९७ सहित तेस्रो स्थानमा उक्लिएका छन्।

निरजले बोगी रहित सानदार प्रदर्शन गरे। उनले फ्रन्ट र ब्याक नाइन दुवै ३-अन्डर ३१ मा सकाए। निरजले पहिलो, दोस्रो, चौथो, १०औं, १३औं र १५औं होलमा बर्डी प्रहार गरे।

आज इभन-पार ६८ खेलेका दिनेश प्रजापति समग्रमा ५-अन्डर १ सय ९९ को स्कोरमा चौथो स्थानमा झरे। समग्रमा ३-अन्डर २ सय १ स्कोर बनाएका तोरण विक्रम शाही पाँचौं स्थानमा छन्। उनले आज ४-अन्डर ६४ स्कोर जोडे।

एमेच्योरतर्फ समग्रमा १-ओभर २ सय ५ को स्कोरमा राहुल विश्वकर्माले निश्चयजङ्ग रायमाझीलाई ३ स्ट्रोकले पछि पारे। राहुलले आज इभन-पार ६८ स्कोर गरे। समग्रमा ४-ओभर २ सय ८ स्कोर गरेका  निश्चयले आज  २-ओभर ७० स्कोर गरे।

७२ होलको ४ दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागिता छ।

कुल ६ लाख रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख १० हजार, दोस्रोले ७० हजार र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

साथै शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरले पनि नगद प्राप्त गर्नेछन्। मुख्य स्पर्धा पछि शनिवार प्रो-एम प्रतिस्पर्धा हुनेछ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.