default_image

7 months ago

May 23, 2025

कोर्स रेकर्ड सहित शुक्रलाई उपाधि

293 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- झन्डै डेढ वर्षपछि घरेलु टुरमा कमब्याक गरेका प्रो शुक्र बहादुर राईले कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन्।

समग्रमा १७-अन्डर २ सय ५५ को सानदार स्कोरमा शुक्रले एमेच्योर सदभाव आचार्यले रोयल नेपाल गल्फ क्लबको चार दिनको प्रतियोगिताको रेकर्ड तोडेका हुन्।

सदभावले यही सिजन काठमाडौँ ओपनमा बनाएको १५-अन्डर ५७ को रेकर्ड शुक्रले तोडे। करियरको ११औं उपाधि जितेका शुक्रले यो कोर्समा जितेको यो पहिलो उपाधि पनि हो। उपाधिसँगै उनले १ लाख १० हजार रुपैयाँ प्राप्त गरे।

अन्तिम दिन आज ६-अन्डर ६२ को स्कोर बनाएका शुक्रले धरानका अर्का प्रो निरज तामाङलाई ४ स्ट्रोकले हराए। अन्तिम १८ होलको सुरुवात गर्दा आज शुक्रसँग ३ स्ट्रोकको अग्रता थियो।

पहिलो होलमा उनको बल पोखरीमा छिरेपछि बल हरायो। तर उत्कृष्ट रिकभरी गरे। सो होलमा पार बचाए। यसपछि उनले दोस्रो देखि पाँचौं होलसम्म लगातार चार बर्डी प्रहार गरे। फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाउँदा ९ स्ट्रोकको सानदार अग्रता बनाइसकेका थिए।

यो अग्रतामा उनलाई अन्य खेलाडीले चुनौती समेत दिन सकेनन्। यसपछि ५-पारको १० औं होलमा इगलको सफलता प्राप्त गरे। १३औं र १४औं होलमा एक-एक सट बचाए। १२औं र १८औं होलमा बोगी खेप्दै ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरे।

शुक्रले १६ महिना अगाडि इस्टर्न ओपन जितेपछि चोटको कारण पहिलो पटक घरेलु टुर खेलेका हुन्।
यो सिजन तए३ उपाधि जितिसकेका निरजले आज ६-अन्डर ६२ को स्कोर जोडे। समग्रमा १३-अन्डर २ सय ५९ को नतिजामा दोस्रो स्थानमा चित बुझाए। उनले ७० हजार रुपैयाँ प्राप्त गरे।

निरजले पहिलो, चौथो र पाँचौं होलमा बर्डी प्रहार गर्दा सातौं होलको बोगीले फ्रन्ट नाइन २-अन्डर ३२ मा पुरा गरे। यसपछि १०औं होलमा इगल तथा १२औं र १८औं होलको बर्डीले ब्याक नाइनमा ४-अन्डर ३० को नतिजा निकाले।

समग्रमा ८-अन्डर २ सय ६४ को स्कोरमा दिनेश प्रजापतिले तेस्रो स्थानमा प्रतियोगिता सकाए। आज उनले ३-अन्डर ६५ को स्कोर दर्ज गरे। तेस्रो भएका उनलाई ५० हजार प्रदान गरियो ।

आज १-ओभर ६९ स्कोर सहित समग्रमा ७-अन्डर २ सय ६५ को नतिजमा भुवन कुमार रोक्का चौथो हुँदा ४२ हजार प्राप्त गरे। समग्रमा ५-अन्डर २ सय ६७ सहित सञ्जय लामा पाँचौं भए। उनले आज ३-अन्डर ६५ को स्कोर तयार पारे। उनले ३७ हजार रुपैयाँ पाए।‌

एमेच्योरतर्फ समग्रमा ३-ओभर २ सय ७५ सहित निश्चयजङ्ग रायमाझीलाई एक स्ट्रोकले हराउँदै राहुल विश्वकर्माले उपाधि जिते। समग्रमा ४-ओभर २ सय ७८ सहित निश्चय दोस्रो भए। दुवले आज २-ओभर ७० मा खेल सकाएका थिए।

७२ होलको ४ दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागिता थियो।
६ लाख रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरुले पनि नगद प्राप्त गरे।

विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल म्यानेजर (मार्केटिङ) केशव प्रधान, एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, एनपिजिएका सल्लाहकार घनश्याम थापा, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.