default_image

7 months ago

May 23, 2025

कमल र निकेन अगाडि

332 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पूर्व चेस खेलाडी कुमार ग्वाछा स्मृति ओपन फिडे रापिड रेटिङ्ग २००० मुनि चेस प्रतियोगितामा नेपाल, भारत र इङ्ल्याण्डका गरि १ सय २७ जना खेलाडी सहभागी छन्‌ ।

भक्तपुर युवा टिमले आयोजना गरेको प्रतियोगितामा नेपालका कमल श्रेष्ठ र निकेन कुसाथा समान ५ अंकका साथ शीर्ष स्थानमा छन्।

पहिलो दिने सम्पन्न पाँचौं चरणको खेलमा कमल श्रेष्ठले  पूर्णराज खड्का तथा निकेन कुसाथाले गणेश अवाललाई पराजित गर्दै अग्रता लिएका छन्। 

१० मिनेट प्लस १० सेकेन्ड प्रति चालको समय नियन्त्रण लागू गरिएको स्पर्धामा नेपालका प्रकाशचन्द्र नेपाल, भारतका विनायक सिंह यादव, नेपालका प्रेम कृष्ण महर्जन समान ४.५ अंक जोडेर संयुक्तरुपमा दोश्रो स्थाननमा छन्। 

नेपालका पूर्णराज खड्का, भगवती प्रसाद शर्मा, गणेश अवाल, मुहान नरसिंह श्रेष्ठ, नविन तण्डुकार, सन्देश श्रेष्ठ, विजेश राजकर्णिकार, महेन्द्र कुमार सम्वाहाम्फे, राहुल चौ प्रधान ४ अंकसहित तेस्रो स्थानमा छन्। 

यस्तै भारतका आशुतोष कुमार, नेपालका पुरुषोत्तम दुवाल, रिसोन थापा, रमेशवीर माली, स्वर्णीम दुवाल, निर्मल सापकोटाले पनि ४ अंक जोडेर खेलमा सम्भावना बोकेका छन्।

दुई दिने रापिड चेस खेलमा सहभागी इङ्ल्याण्डका एकमात्र अनरेठेड खेलाडी विनल जोसेफले ३ अंक जोडेका छन्।

प्रतियोगिताको मुख्य निर्णायक आईए तथा फिडे प्रशिक्षक ज्ञानेन्द्र खाइजू, टेक्निकल टिम एफए सोराज ताम्राकार, एफए हरिकृष्ण श्रेष्ठ, एनए असुन राजकर्णीकार लगायतले खेल सञ्चालन गरिरहेका छन्। 

यसैबीच नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव संघीय सांसद प्रेेम सुवाल र भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले संयुक्त रुपमा प्रतियोगिताको उदघाटन गरे। 

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.