7 months ago
May 25, 2025
पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ दोस्रो जित निकालेको छ। विभागीय डर्बीमा आर्मीले नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा हरायो।
आजको अन्तिम खेलमा आर्मीले एपिएफलाई २५-१३, २५-२० र २५ -२२ मा माथ दियो। चौथो खेलमा दोस्रो जितका साथ आर्मीले ५ अंक बनाएको छ। चार खेलमा १ जित र तीन हार सहित एपिएफसँग मात्र ३ अंक छ।
आजै गण्डकी प्रदेशले लगातार चौथो जित निकाल्दै फाइनल पुग्ने संभावनालाई मजबुत बनाएको छ। गण्डकीले मणिमुकुन्द भलिबल क्लबलाई सहजै ३-० ले हरायो। यो जितमा गण्डकीले हेल्प नेपालले जतिकै १२ अंक जोडे पनि सेट अन्तरको कारण लिग तालिकाको दोस्रो स्थानमा छ।
आजै हेल्प नेपालले २५-२१-२५-२० र २५-२२ को सोझो सेटको जित दर्ज गर्यो। लगातारको चौथो जितमा उसले १२ अंक बनाएको छ। हेल्प नेपाल लिग तालिकाको शीर्षस्थानमा रहेको छ। तेस्रो हार बेहोरेको कोशीसँग मात्र ३ अंक रहेको छ। उसले एक खेले जितेको थियो।
त्यसअघि नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। पुलिसले खेलमा एकपक्षीय दबाब बनायो। टोलीले २५-१९, २५-९ र २५-१९ को सहज जित आफ्नो पक्षमा पार्यो। पुलिसको यो दोस्रो जित हो।
यसअघि आज महिलातर्फ पुलिस र टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले लगातार तेस्रो जित हात पारेका छन्। पुलिसले एपिएफलाई ३-१ ले हरायो। यो जितमा पुलिस अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
पहिलो सेट पुलिसले २५-१९ ले जित्यो। तर दोस्रो सेट भने २४-२६ ले गुमाउन पुग्यो। दोस्रो सेटको समाप्तीमा खेल १-१ को बराबरीमा पुग्यो। तर एपिएफले दोस्रो सेटको लयलाई निरन्तरता दिन सकेन।
पुलिसले तेस्रो सेट २५-१८ र चौथो सेट २५-२१ जित्दै खेल आफ्नो पक्षमा पार्यो। ९ अंक सहित पुलिस शीर्षस्थानमा उक्लिएको छ। एपिएफसँग ६ अंक छ। तेस्रो खेलमा उसको यो पहिलो हार हो।
पहिलो खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३-१ ले माथ दियो। पहिलो सेट गुमाएर पनि न्यु डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको छ । न्यु डायमण्ड २१-२५,२५-१४,२५-२१,२५-२१ ले विजयी भयो।
लगातार ३ जितपछि ९ अंकसहित न्यु डायमण्ड अंक तालिकाको दोस्रो स्थानमा छ। न्यु डायमण्ड सेटको आधारमा दोस्रो स्थानमा छ। आर्मी लगातार तेस्रो खेलमा पराजित भएको छ ।
नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
लिगको महिलातर्फ फाइनल पुग्ने २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ।
प्रतियोगिताको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]