default_image

7 months ago

May 26, 2025

बनेपामा मेयर कप टेबलटेनिस हुने

439 views

0 Bookmark

बनेपा (हाम्रो खेलकुद)- बनेपा नगर टेबलटेनिस संघको आयोजनामा यसै साता प्रथम मेयर कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता हुने भएको छ ।

जेठ १५ गते सुरु हुने प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष परमेश्वर श्रेष्ठले सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

बनेपा नगरपालिकाको सहयोगमा हुने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख रुपैयाँ रहेको छ । तीनदिने प्रतियोगिताका खेलहरु बनेपाको बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसमा हुने बताइएको छ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.