default_image

7 months ago

May 26, 2025

आर्मी राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियन

862 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब प्रथम सहिद स्मृति महिला राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियन बनेको छ।‌

त्रिपुरेश्वरस्थित दशरथ रंउशालामा आज भएको फाइनलमा आर्मीले विभागीय डर्बीमा नेपाल एपिएफ क्लबलाई एकपक्षीय खेलमा २०-५ ले हराउँदै उपाधि जित्यो ।

आर्मीले १ लाख रुपैयाँ प्राप्त गर्यो । एपिएफले ५० हजार रुपैयाँ प्राप्त गर्यो । विजेता आर्मीकी मुना सोरेन उत्कृष्ट खेलाडी बनिन्। उनलाई ७ हजार रुपैयाँ पाइन् ।‌

पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुन, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ लगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे।

सहिद स्मृति स्पोर्टस एकेडेमीको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना भएको हो।

एकेडेमीले प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुदअन्तर्गत रग्बीपछि ब्याडमिन्टन, फुटसल र तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्ने बताएको छ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.