7 months ago
May 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौ महानगरपलिका वडा नं २४ को आयोजनामा नविन्द्रराज जोशीको स्मृतिमा दुई दिने र्यापिड बुद्धिचाल प्रतियोगिता काठमाडौको इतुम बहालमा आज सुरु भयो ।
पाँचौ चरणको खेल सकिँदा झापाका रिशोन थापा , काठमाडौका प्रेमकृष्ण महर्जन , जनार्दन श्रेष्ठ र फिलिपिन्सका जोन पौल लरेन ५ अंक सहित संयुक्तरुपमा अग्रस्थानमा छन्।
पाँचौ चरणमा रिशोनले सिएम भगवती प्रसाद शर्मा, प्रेमकृष्णले भक्तपुरका पुरुषोत्तम दुवाललाई, जनार्दनले सिताराम अग्रवाल र लरेनले धनुषाका सुशील चौधरीलाई हराए । विजेश राजकर्णिकार साढे ४ अंकका साथ दोस्रो स्थानमा छन् ।
सीताराम , सुशील , पुरुषोतम ,भगवती , काठमाडौका गोविन्द खड्का, कुमार महर्जन , पाँचथरका महेन्द्र कुमार साम्वाहम्फे, मोरङका काशिभ कार्की , मोरङका सुभानदिप थापा, सुनसरी विनय राई , झापाका हरि बराल र अनरेटेड काठमाडौका नितिन घिमिरे र भारतका सुभमकुमारको समान ४ अंक छ ।
महिलातर्फ नेपाल च्याम्पियन सिन्दिरा जोशी ४ अंकका साथ शीर्ष स्थानमा छिन् । शान्ति धिमाल र उजिवनी कँडेल र पुनम प्रसाईले २ अंक जोडेका छन् ।
२४ वडाका अध्यक्ष विनोद कुमार राजभण्डारीले उद्घाटन गरेको प्रतियोगितामा नेपाल , बेलायत , अमेरिका , फिलिपिन्स र भारतका गरि १ सय ५२ जना खेलाडीहको सहभागिता छ।
१ लाख ६१ हजार रुपैयाँ पुरस्कार ररेको प्रतियोगिताको विजेताले २५ हजार,दोस्रोले १५ हजार र तेस्रो खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]