7 months ago
May 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- रिशोन थापाले काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर नविन्द्र राज जोशीको स्मृतिमा आयोजित दोश्रो फिडे र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।
काठमाडौं महानगरपालिका वडा नं. २४ ले दुई दिन सञ्चालन गरेको १९ सय रेटिङ्ग मुनि बुद्धिचाल स्पर्धामा नेपालका रिशोनले फिलिपिन्स, भारत, अमेरिका र इङ्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडीलाई पछि पार्दै उपाधि जितेका हुन् ।
१६ विदेशी खेलाडी सम्मिलित १ सय ५४ जना खेलाडी सहभागी रहेको प्रतियोगितामा रिशोनले ८.५ अंक जोडे । उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।
१० मिनेट र प्रत्येक चालमा १० सेकेण्ड इन्क्रिजमेण्ट टाइमिङ्ग थपिने र्यापिड चेस प्रतिस्पर्धामा नेपाल कै प्रेमकृष्ण महर्जन र भारतका शुभम् कुमारले समान ७.५ अंक बनाएका छन्।
९ चरणको खेलमा प्रेमकृष्णले डाइरेक्ट इन्काउण्टर र बुकोल्ज्स् ५२ टाइब्रेक प्वाइन्टको आधारमा दोश्रो स्थान ओगट्न सफल बनेका हुन् । प्रेमकृष्णले १५ हजा रुपैयाँ प्राप्त गरे।
भगलपुर चेस एकेडेमी, भारतका शुभम्ले उत्कृष्ट खेल मार्फत ७.५ अंक बटुल्दै बुकोल्ज्स ४५ प्वाइन्टका आधारमा तेस्रो स्थानमा रहे । उनले १० हजार रुपैयाँ प्राप्त गरे।
काठमाडौंको इटुम्हाल चोकमा भएको प्रतियोगितामा ८ खेलाडीले समान ७ अंक जोडे । नेपालका विजेश राजकर्णीकारले ५२.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा चौथो स्थान प्राप्त गरे ।
नेपालका सुरज सिंले पाँचौं, फिलिपिन्सका लाउरोन जोन पाउल छैटौं, नेपालका मिसन दहाल सातौं, सिएम भगवती प्रसाद शर्मा आठौं, सुशील सुवेदी नवौं र सन्देश श्रेष्ठ दशौं भए।
प्रतियोगितामा विधागत पुरस्कार तर्फ उत्कृष्ट कोशी प्रदेशका महेन्द्रकुमार साम्बाहाम्फे, मधेश प्रदेशका सुशील चौधरी, बाग्मती प्रदेशका पुरुषोत्तम दुवाल, गण्डकी प्रदेशका सुरजकुमार गैरे, लुम्बिनी प्रदेशका मिलनकुमार रोक्का,कर्णाली प्रदेशका निस्तम मल्ल र सुदुरपश्चिम प्रदेशका जनकराज जोशीले जनही ४ हजार रुपैयाँ पुरस्कार जिते।
स्थानीय तर्फ नरेश स्थापित विजयी र शुभनदीप थापा दोस्रा, अनरेटेड तर्फ राजेश राई विजयी र इङ्ल्याण्डका खेलाडी जोसेफ इनल दोस्रा , सिनियर तर्फ जनार्दन श्रेष्ठ विजयी र आशानारायण लवट दोस्रो बनेका छन्।
यस्तै १८,१७,१६ रेटिङ्ग मुनि हर्कबहादुर चोङ्वाङ्ग, गोविन्द खड्का र उज्वल दहाल उत्कृष्ट भए। साथै यपा १८, १६,१४ र १२ वर्ष मुनि सम्उक श्रेष्ठ, आदित्य गजुरेल, कसिभ कार्की र दिपन मैनाली उत्कृष्ट भए ।
महिला तर्फ उत्कृष्ट बन्दै शान्ति धिमाल विजयी भइन् ।सिन्दिरा जोशीले दोस्रो भइन् ।
काठमाडौं महानगरपालिका वडा नं. २४ का वडा अध्यक्ष विनोद कुमार राजभण्डारीले विजेता खेलाडीलाई पुरस्कृत गरे।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]