7 months ago
June 2, 2025
बनेपा (हाम्रो खेलकुद)- भक्तपुर नगरपालिकाकी दिया देउला र होप टेबल टेनिस एकेडेमीका हिमाल विष्टले प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन्।
खुला महिलाको फाइनलमा दियाले एभिएमकी
इभाना थापालाई हराइन् । दिया र इभानाले यु १८ को पनि फाइनल खेलेका थिए। स्ट्याग टेबल टेनिस एकेडेमीकी सुस्मिता खड्का र एभिएमकी वियन्का राई तेस्रो भए ।
होपका हिमालले पुरुष खुलाको फाइनलमा स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीका गणञ्जय दाहाललाई हराए एभिएमका रुविन मर्हजन र सजन गडाल तेस्रो भए ।
दुवैतर्फका विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रो भएका २ खेलाडीले १० हजार रुपैयाँ प्राप्त गरे ।

महिला यु १८ इभाना च्याम्पियन भइन् । उनले फाइनलमा फाइनलमा दियालाई हराइन् । स्ट्यागकी सुस्मिता खड्का र एभिएमकी श्रेया शाक्य तेस्रो भइन् ।
पुरुष यु १८ मा एभिएमका प्रजित भट्टराई पहिलो, जयस्नु महर्जन दोस्रो तथा होपका विशाल बापा र स्ट्याग सार्थक मानन्धर तेस्रो भए । दुवैतर्फको विजेताले १५ हजार, दोस्रोले १० र तेस्राेले समा न ५ हजार रुपैयाँ प्राप्त गरे।
मास्टर ४० वर्षमाथि पुरुष सिंगलमा काठमाडौंका चन्दन शाही विजयी भए । चन्दनले फाइनलमा भक्तपुरका चन्दन कोजुलाई हराए । मुकेश महर्जन
इंखाछे स्पोट्स क्लबका मुकेश महर्जन र नक्साल टेबल टेनिस क्लबका महेश श्रेष्ठ तेस्रो।
मास्टर सिंगल ५५ वर्ष माथि गड स्पिन टेबल टेनिस क्लबका रजन सुब्बाले फाइनलमा खोल्चा पुखुः टेबल टेनिस क्लबका क्बका नदिम शाक्यलाई हराए । इंखाछे स्पोटर्स क्लबका राजेन्द्र बज्राचार्य र च्यास युथ क्लब किरण व्यञ्जन्कार तेस्रा भए ।

मास्टर डबल्स ५५ वर्ष माथिमा ललितपुर वडा नं ११ का
राजेन्द्र बज्राचार्य र नदिम शाक्यको जोडी विजयी भयो ।
राजेन्द्र र नदिमको जोडीले एभिएमका जयराम महर्जन र राजन कर्माचार्यको जोडीलाई हरायो ।
इटिटीका रविन्द्र शाक्य र सुमन खड्गी तथा इंखाछेका निलन श्रेष्ठ र निशान प्रधानको जोडी तेस्रो भयो ।
बनेपा नगर टेबल टेनिस संघको आयोजना तथा बनेपा नगरपालिकाको सहयोगमा काभ्रे बहुमुखी क्याम्पसको कभर्ड हलमा भएको प्रतियोगितामा ७ इभेन्टमा २ सय भन्दा बढी खेलाडीको सहभागिता थियो।
काठमाण्डौ विश्व विद्यालयका उपकुलपति अच्युत वाग्ले, बनेपा नगरपालिकाको मेयर शान्ति रत्न शाक्य अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष वृजेन्द्र हमाल, बनेपा नगर टेबल टेनिस संघका अध्यक्ष परमेश्वर श्रेष्ठले विजेता खेलाडीलाई पुरस्कृत गरे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]