6 months ago
June 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको ११ औं संस्करणको पहिलो दिन मंगलवार नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य दुई स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन्।
गोकर्ण गल्फ क्लबमा ६-अन्डर ६६ को उत्कृष्ट स्कोरमा सदभावले नेपलका वाङ्गचेन ढोन्डुपलाई २ स्ट्रोकले पछि पारेका हुन्। सदभावले बोगी रहित फ्रन्ट नाइन खेले। पहिलो, सातौं र आठौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइनमा ३-अन्डर ३३ को स्कोर निकाले।
यसपछि उनले ११औं, १२औं, १४औं र १८औं होलमा बर्डीको सफलता प्राप्त गरे। १३औं होलमा भने एक सट खेर फाल्दा ब्याक नाइन पनि ३-अन्डर ३३ खेले।
४-अन्डर ६८ को स्कोरमा वाङ्गचेन दोस्रो स्थानमा छन्।
वाङ्गचेनले पहिलो, छैटौं र नवौं होलको बर्डीको मद्दतमा फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए।

यसपछि १०औं र १२औं होलमा पनि एक-एक सट बचाए। १५ औं होलमा बोगीको समाना गरेसँगै ब्याक नाइन १-अन्डर ३५ मा पूरा गरे।
नेपालका राहुल विश्वकर्मा, भारतका सुमित कोटवाल र बङ्गलादेशका मोहम्मद साहाब उद्दीनले २-अन्डर ७० सहित संयुक्तरुपमा तेस्रो स्थानमा पहिलो दिनको खेल सकाए।
महिलातर्फ भारतकी अभान्थी विवेक १-अन्डर ७१ सहित शीर्षस्थानमा छिन्। उनले नेपालकी तारा कार्की चित्रकारलाई ९ स्ट्रोकको फराकिलो अन्तरले पछि पारिन्। ताराले ८-ओभर ८० खेलिन्।
अभान्थीले फ्रन्ट नाइनमा ३-अन्डर ३३ र ब्याक नाइनमा २-ओभर ३८ खेलिन्। उनले तेस्रो, पाँचौं, सातौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरिन्। दोस्रो र छैटौं होलमा बोगी खेपिन्। ब्याक नाइनमा भने १६औं होलको बर्डी विरुद्ध १२औं, १५औं र १८औं होलमा एक-एक सट खेर फालिन्।
नेपालकी ताराले पाँचौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाइन्। तर ब्याक नाइनमा बिर्सनलायक प्रदर्शन गरिन्। उनले ब्याक नाइनमा कुल छ वटा होलमा बोगी खेप्दा १२औं होलमा ट्रिपल बोगी प्रहार गर्न पुगिन्। यो सँगै ब्याक नाइन ९-ओभर ४५ मा पूरा गर्न बाध्य भइन्।
पुरुषको टिम स्पर्धामा नेपाल ‘ए’ टिमका सदभाव र राहुल १ सय ३६ स्कोरका साथ पहिलो स्थानमा रहेको छ। नेपाल ‘बी’ टिमका टासी छिरिङ र वाङ्गचेन १ सय ४२ स्कोरसहित दोस्रो स्थानमा रहे। बङ्गलादेशका सफिकुल इस्लाम र मोहम्मद सहाब उद्दीन १ सय ४५ स्कोर सहित तेस्रो स्थानमा छ।
यु-१६ तर्फ रुबेन थापा ८० स्कोर सहित शीर्षस्थानमा रहे। ९० स्कोर बनाएका दीपसन लामा र दिपेश श्रेष्ठ ९३ स्कोरमा तेस्रो स्थानमा रहे।
आज बिहान राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गरेका थिए। तीन दिने ५४-होलको प्रतिस्पर्धामा नेपाल सहित दक्षिण एसियाका बङ्गलादेश, भुटान, श्रीलंका र भारतका गरी कुल पाँच राष्ट्रका ५७ खेलाडीको सहभागिता रहेको छ।
व्यक्तिगत पुरुष स्पर्धामा ३६ होलपछि कट लागु गरिनेछ। सहभागि खेलाडी मध्य उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८ होलको लागि स्थान सुरक्षित गर्नेछन्।
यो प्रतियोगिता वर्ल्ड एमेच्योर गल्फ र्याङ्किङ (डब्लुएजीआर) द्वारा मान्यता प्राप्त हो। प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूले र्याङ्किङ अंक समेत प्राप्त गर्नेछन्।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]