default_image

6 months ago

June 3, 2025

चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप हुँदै

293 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिका वडा नं. ४ को आयोजनामा दुई दिने ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बालुवाटारमा बुधवार सुरु हुँदैछ ।

हिमालयन चेस एकेडेमी (एचसिए) ले व्यवस्थापन गर्ने च्याम्पियनसिसपमा दर्जन बढी विद्यालयका २ सय बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

चेस (बुद्धिचाल) खेलको माध्यमबाट स्थानीय विद्यार्थीको क्षमता अभिबृद्धि, प्रतिभा पहिचानसँगै अवसर सिर्जना गर्नका लागि काठमाडौं महानगरपालिका वडा नं.४ ले चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप आयोजना गरेको वडाध्यक्ष दिनेश महर्जनले बताए ।

महर्जनले‌ भने , ‘प्रतियोगिताले यस वडाभित्रका विद्यार्थीबीच भाइचारा अभिवृद्धि गर्ने विश्वास छ ।’ च्याम्पियनसिपमा कामपा ४ भित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी तथा वडाबाहिर अध्ययनरत स्थानीय बालबालिकाले प्रतिस्पर्धा गर्नेछन् ।

चेसको माध्यमबाट बालबालिकामा रणनीतिक सोंचको विकास हुने उल्लेख गर्दै हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूले भनिन्, ‘चेसले विद्यार्थीको बौद्धिक विकाससँगै अध्ययनलाई पनि राम्रो बनाउँछ ।

त्यसैले चेसलाई प्राथमिकता दिएकोमा कामपा ४ ले धन्यवाद व्यक्त गर्न चाहान्छु ।’ गत वर्षदेखि सञ्चालित एकेडेमीले थापाथलीस्थित आफ्नै हलसँगै थुप्रै विद्यालयमा चेसको नियमित प्रशिक्षण दिदै आएको छ । उसले एक वर्षभित्रै आठ प्रतियोगिता आयोजना गरिसकेको छ ।

बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माविको हलमा सञ्चालन हुने प्रतियोगितामा खेलाडी अध्ययनरत कक्षाका आधारमा ब्वाइज र गल्र्सका गरी कुल ६ स्पर्धा समावेश गरिएको छ, जसमा कक्षा १ देखि ४,
कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२ छन् ।

प्रत्येक स्पर्धामा शीर्ष दस खेलाडीले पदक प्राप्त गर्नेछन् । पदककै आधारमा विद्यालयलाई अंक दिइनेछ र सर्वाधिक अंक हासिल गर्ने विद्यालय चेयरम्यान कप च्याम्पियन बन्नेछ । उत्कृष्ट तीन स्कुलले पुरस्कार पाउनेछन् ।

च्याम्पियनसिपका टेक्निकल डिरेक्टर याईशाष यासिर खम्बूका अनुसार स्वीस प्रणालीअनुसार सात राउन्डमा प्रतियोगिता सञ्चालन गरिनेछ । खेल १० मिनेट र प्रतिचाल बृद्धि १० सेकेन्डको हुनेछ । पहिलो दिन ४ राउन्ड र दोस्रो दिन ३ राउन्डका खेल सञ्चालन गरिनेछ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.