6 months ago
June 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्याङ्क बाइकले आफ्नो शताब्दी उत्सव मनाउने क्रममा नेपालका महान म्याराथन धावक वैकुण्ठ मानन्धरलाई सद्धभाव दूत बनाएर मंगलवार विशेष सम्मानको घोषणा गरेको छ।
प्याङ्क बाइकले १ सय वर्ष अगाडि नेपालमा पहिलो पटक साइकलको व्यापार सुरु गरेको थियो।
प्याङ्क बाइकका प्रोपराइटर तिरेक मानन्धरले विशेष घोषणा गर्ने क्रममा भने, ‘हाम्रो शताब्दी उत्सवमा प्याङ्क बाइकले कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको नाममा १ सय वटा साइकल बनाएका छौं। जसमा बैकुण्ठ मानन्धर २.१५:०३ लिमिट एडिसन लेखेको साइकल बनाएका छौं।’
साइकलको विक्रिको सबै लाभाँश ओलम्पियन मानन्धरलाई प्रदान गरिने बताइएको छ। तेस्रो तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) मा मानन्धर २ घन्टा १५ मिनेटमा ३ सेकेन्डको कीर्तिमानसहित म्याराथनमा स्वर्ण पदक जितेका थिए।

सन् १९८७ को साफमा राखेको त्यो कीर्तिमान अहिले सम्म पनि तोडिएको छैन। मानन्धरले त्यति बेला लगातार तेस्रो पटक म्याराथनमा स्वर्ण जित्ने अर्को कीर्तिमान बनाएका थिए । साफमा लगातार ३ स्वर्ण जित्ने उनी पहिलो म्याराथन धावक हुन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले त्यो साइकल सार्वजनिक गरिन् । मानन्धरलाई सोहीमध्येको एउटा साइकल प्रदान गरिएको थियो ।
सम्मानपछि मानन्धरले भने, ‘यो साइकलबाट आएको रकम मैले आफ्नै संस्थामा खर्च गर्नेछु र दोस्रो बैकुण्ठ मानन्धर तयार पार्न प्रयत्न गर्नेछु।’
१९२५ मा अष्ट नारायण मानन्धरले असन कमलाक्षीमा पञ्च नारायण अष्ट नारायण साइकल पसलको सुरुवात गरेका थिए । मानन्धरको चौथो पुस्ताले साइकल व्यापारलाई अगाडि बढाइरहेको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]