default_image

6 months ago

June 4, 2025

सदभावको कोर्स रेकर्डमा नेपाल ‘ए’ लाई स्वर्ण

297 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नम्बर एक गल्फर सदभाव आचार्यको कोर्स रेकर्डमा नेपाल ‘ए’ ले ११औं संस्करण नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण पदक जितेको छ।

नेपाल ‘ए’ का सदभाव र राहुल विश्वकर्माको जोडीले ३६ होलको समाप्तिमा २४-अन्डर २ सय ६४ को सानदार स्कोर‌मा स्वर्ण जितेको हो।

गोकर्ण गल्फ क्लबमा सदभावले १२-अन्डर ६० को नयाँ कोर्स रेकर्ड बनाए।‌ राहुलले आज ४-अन्डर ६८ स्कोर दर्ज गरे। नेपाल ‘ए’ ले १६-अन्डर १ सय २८ को स्कोरमा भुटानलाई २४ स्ट्रोकले हरायो।

निम दोर्जी तामाङ र डेचेन लेन्डुपको भुटानी टिम काउन्ट ब्याकमा दोस्रो भयो। भुटान र बंगलादेश इभन-पार २८८ मा बराबरी भएपछि काउन्ट ब्याकमा नतिजा आएको हो। सफिकुल इश्लाम र मोहम्मद सहाब उद्दीन सम्मिलित बंगलादेशको टिमले कास्य पदक हात पार्यो।

च्याम्पियनसिपको दोस्रो दिन बुधवार व्यक्तिगत स्पर्धामा सदभाव शीर्षस्थानमा कायमै छन्। ३६ होलको समाप्तिमा समग्रमा १८-अन्डर १ सय २६ को स्कोरमा सदभावले भारतका सुमित कोटवाललाई ८ स्ट्रोकले पछि पारे।

सदभावले १२-अन्डर ६० को सानदार स्कोरमा प्रोफेसनल गल्फर शुक्र बहादुर राईको नाममा रहेको ११-अन्डर ६१ को रेकर्ड तोडेका हुन्। शुक्रले सन् २०२३ को सूर्य नेपाल सेन्ट्रल ओपनमा सो रेकर्ड बनाएका थिए।

कोर्स रेकर्ड बनाउने क्रममा सदभावले १२ बर्डी‌ प्रहार गरे। फ्रन्ट र ब्याक नाइन दुवैमा ६-अन्डर ३० को स्कोर निकाले। सदभावले पहिलो होलमा बर्डी प्रहार गर्दै दोस्रो दिनको सुरुआत गरे। यसपछि तेस्रो देखि छैटौं होलमा लगातार ४ र नवौं होलमा पनि अर्को बर्डीको सफलता प्राप्त गरे।

यसपछि ११औं देखि १५औं होलमा लगातार ५ बर्डी प्रहार गर्दा शुक्रको रेकर्ड बराबरी गरेका थिए। १६औं र १७औं होलमा पार जोगाए। १८औं होलको बर्डीले कोर्स रेकर्ड बनाउन सफल भएका हुन्।

यो स्कोर उनको करियरको उत्कृष्ट प्रदर्शन हो। उनले गत बर्ष सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा ८-अन्डर ६४ को स्कोर निकालेका थिए।

दोस्रो स्थानमा उक्लिएका सुमितले समग्रमा १०-अन्डर १ सय ३४ स्कोर गरे। उनले आज ८-अन्डर ६४ को स्कोर दर्ज गरे।

पहिलो, दोस्रो, चौथों, छैटौं, सातौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ६-अन्डर ३० मा सकाए। ब्याक नाइनमा पनि सुमितले ११औं, १२औं, १५औं र १८औं होलमा एक-एक सट बचाए। तर ४-पारको १४औं होलमा डबल बोगी खेप्न पुगे। ब्याक नाइन २-अन्डर ३४ मा पूरा गरे।

नेपालका राहुल समग्रमा ६-अन्डर १ सय ३८ सहित तेस्रो स्थानमा छन्। उनले आज ४-अन्डर ६८ को स्कोर कार्ड बनाए।

फ्रन्ट नाइन १-अन्डर ३५ र ब्याक नाइन ३-अन्डर ३३ मा सकाए। तेस्रो, सातौं, १२औं, १४औं र १५औं होलमा बर्डी प्रहार गर्दा चौथों होलमा एक सट खेर फाले।

महिलातर्फ भारतकी अनन्थी विवेक समग्रमा ३-अन्डर १ सय ४१ सहित भारतकै दिया क्रिस कुमारलाई १४ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा कायमै रहेकी छिन्। आज अनन्थीले २-अन्डर ७० को स्कोरमा खेल सकाइन्।

आज १-अन्डर ७१ को स्कोरमा दिया समग्रमा ११-ओभर १ सय ५५ सहित दोस्रो स्थानमा छिन्। नेपालकी तारा कार्की चित्रकारले समग्रमा १९-ओभर १ सय ६३ सहित तेस्रो स्थानमा छिन्। आज उनले ११-ओभर ८३ मा खेल पुरा गरिन्।

च्याम्पियनसिपको यु-१६ ब्वाइजतर्फ भारतका भिभान उभायकर समग्रमा १-ओभर १ सय ४५ सहित ४ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा छन्। आज उनले १-अन्डर ७१ खेले।

भारतका प्रिम्स बैंन्सला समग्रमा ५-ओभर १ सय ४९ सहित दोस्रो स्थानमा छन्। उनले आज २-ओभर ७४ को स्कोर निकाले। भारतकै अदभय बगला समग्रमा ८-ओभर १ सय ५२ सहित तेस्रो स्थानमा रहे। उनले आज ४-ओभर ७६ को स्कोर निकाले।

तीन दिने ५४-होलको प्रतिस्पर्धामा नेपाल सहित दक्षिण एसियाका बंगलादेश, भुटान, श्रीलंका र भारतका गरी ५ राष्ट्रका ५७ खेलाडीको सहभागिता छ।

यो प्रतियोगिता वर्ल्ड एमेच्योर गल्फ र्‍याङ्किङ (डब्लुएजीआर) द्वारा मान्यता प्राप्त हो। प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूले र्‍याङ्किङ अंक समेत प्राप्त गर्नेछन्।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.