6 months ago
June 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बाँसबारी माविले काठमाडौं महानगरपालिका वडा नं ४ ले आयोजना गरेको चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिपको उपाधि जितेको छ ।
बालुवाटारमा बिहीवार सम्पन्न प्रतियोगितामा सर्वाधिक ७६ अंक जोड्दै बाँसबारी च्याम्पियन बनेको हो ।
हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा सञ्चालित दुई दिने र्यापिड चेसका ६ स्पर्धामा २० विद्यालयका ३ सय १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीलाई दिइएको अंकको आधारमा बाँसबारी चेयरम्यान कप चेस च्याम्पियन भएको हो ।
नेसनल क्रियटिभ को–एडुकेसनल स्कुल (एनसीसीएस) ५३ अंकसहित दोस्रो बन्यो । महेन्द्र राष्ट्रिय मावि ३२ अंक जोड्दै तेस्रोमा रह्यो ।
व्यक्तिगत स्पर्धामा बाँसबारीकी सिमरन कार्की सबभन्दा बढी ४ अंक बटुल्दै कक्षा १ देखि ४ गल्र्समा प्रथम भइन् । बाँसबारीकै सुप्रिया मोक्तान, धुम्रवराही माविकी सन्ध्या कुमारी शाह र महेन्द्र राष्ट्रियकी आशिका लोप्चनले समान ३ अंक जोडेपनि टाइब्रेकरको आधारमा सुप्रिया दोस्रो र सन्ध्या तेस्रो भए ।
ब्वाइजतर्फ मेरिडियन इन्टरनेसनल स्कुलका आयम सुवेदी ५ खेल जित्दै पहिलो भए । एनसुसीएसका अर्णव मानन्धरले समान ४ अंक जोडेका आफ्नै स्कुलका श्रेयांश सापकोटालाई टाइब्रेकरमा उछिन्दै दोस्रो स्थान हात पारे ।
कक्षा ५ देखि ८ गल्र्समा एनसीसीएसकी आराध्य गुप्ता ५ अंक जोड्दै पहिलो भइन् । धुम्रवाराहीकी समिक्षा नेपाल (४.५ अंक) दोस्रो र बाँसबारीकी अप्सरा खत्री (४) तेस्रोमा रहे ।
ब्वाइजतर्फ पञ्चकन्या आधारभूत विद्यालयका अतिश महर्जन ६.५ अंकसहित प्रथम भए । समान ६ अंक जोडेका बाँसबारीका शिशिर ढकाल दोस्रो र सुमिर तामाङ तेस्रो स्थानमा रहे ।
त्यस्तै, कक्षा ९ देखि १२ गल्र्समा बागमती बोर्डिङकी देवयानी गुरागाइँले ५ अंक बनाउँदै शीर्षस्थान कब्जा गरिन् । बाग्मतीकै मायुमी राई ४ अंकसहित दोस्रो भइन् । उति नै अंक जोडेपनि टाइब्रेकरमा पछाडि परेपछि एनसीसीएसकी आँचल चौधरी तेस्रोमा सीमित हुनुपर्यो ।
ब्वाइजतर्फ न्युटन हाईस्कुलका सोहन प्रजापतिले ६.५ अंक जोड्दै पहिलो स्थान हासिल गरे । बृहस्पति विद्यासदनका प्रेम विक्रम अधिकारीले समान ६ अंक बनाएका बाग्मतीका आयुष बस्नेतलाई टाइब्रेकरमा पन्छाउँदै दोस्रो स्थान हात पारे ।
बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माविको हलमा आयोजित प्रतियोगिताका च्याम्पियन तथा विभिन्न ६ स्पर्धाका विजेताहरूलाई काठमाडौं महानगरपालिका ४ का वडाध्यक्ष दिनेश महर्जन, चेसकी पहिलो महिला राष्ट्रिय च्याम्पियन मोनालिशा खम्बूलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]