default_image

6 months ago

June 5, 2025

रेकर्डसहित सदभावले जिते गल्फ उपाधि

438 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य रेकर्ड स्कोरमा ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको उपाधि पहिलो पटक जितेका छन्।

नेपालकै राहुल विश्वकर्मालाई बिहीवार १० स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै सदभाव च्याम्पियन बने। गोकर्ण गल्फ क्लबमा सदभावले आज २-अन्डर ७० खेल्दै समग्रमा २०-अन्डर १ सय ९६ को स्कोर खडा गरे।

उनले ५४-होलको १८-अन्डरको कूल रेकर्ड समेत तोडे। सदभाव प्रतियोगितामा दोहोरो स्वर्ण पदक जिते । टिमतर्फ उनले राहुलसँग मिलेर स्वर्ण जिते। उनले दोस्रो दिन १२-अन्डर ६० खेल्दै गोकर्णको कोर्स रेकर्ड पनि तोडेका थिए।

नेपालका राहुल र भारतका सुमित कोटवालले समान १०-अन्डर २ सय ६ को स्कोर बनाए। काउन्ट ब्याकमा राहुल दोस्रो र सुमित तेस्रो भए। राहुलले एक स्वर्ण र एक रजत हात पारे। राहुलले आज ४-अन्डर ६८ को उत्कृष्ट स्कोर निकाले। सुमितले इभन-पार ७२ खेले।

आठ स्ट्रोकको सानदार अग्रतामा अन्तिम दिनको सुरुवात गरेका सदभावले पहिलो र नवौं होलमा बर्डी प्रहार गरे। तर दोस्रो, पाँचौं र छैटौं होलको बोगीले फ्रन्ट नाइन १-ओभर ३७ खेले। ब्याक नाइनमा भने तीन बर्डीको सफलता प्राप्त गरे। १०औं, १४औं र १५औं होलमा एक-एक सट बचाउँदै ब्याक नाइन ३-अन्डर ३३ मा पूरा गरे।

राहुलले आज तेस्रो होलको बर्डीका विरूद्ध छैटौं होलको बोगीले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए। ब्याक नाइनमा राहुलले चार होलमा प्रहार गरेको बर्डीले दोस्रो भए। उनले ११औं देखि १३औं होलमा लगातार तीन र १५औं होलमा पनि बर्डी प्रहार गरे। ब्याक नाइन ४-अन्डर ३२ मा सकाउँदा काउन्ट ब्याकमा दोस्रो भए।

सुमित कोटवालले दिनको सुरुवात बोगीबाट गरे। यसपछि तेस्रो, चौथों र नवौं होलमा एक-एक सट बचाएसँगै फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। १२औं होलमा बर्डी प्रहार गर्दा १३औं होलमा एक सट खेर फाले। अन्तिम होलको डबल बोगीले ब्याक नाइन २-ओभर ३८ खेले।

१७ होलको समाप्तीमा सुमित राहुल भन्दा २ स्ट्रोकले अगाडि थिए। तर १८औं होलको टी सट जङ्गलमा प्रहार गरे। जसको कारण अन्तिम होलमा डबल बोगी खेपे। यो सँगऔ उनी काउन्ट ब्याकमा तेस्रो स्थानमा रहन पुगे।

महिलातर्फ भारतकी अनन्थी विवेकले समग्रमा इभन-पार २ सय १६ सहित उपाधि जितिन्। उनले भारतकी दिया क्रिस कुमारलाई १९ स्ट्रोकको फराकिलो अन्तरमा हराइन्। गत संस्करण तेस्रो भएकी अनन्थीले यो पटक उपाधि जितिन्। आज उनले ३-ओभर ७५ स्कोर गरिन्।

दियाले समग्रमा १९-ओभर २ सय ३५ सहित दिया‌ले दोस्रो स्थानमा चित बुझाइन्। उनले आज ८-ओभर ८० खेलिन्। नेपालकी तारा कार्की चित्रकार तेस्रो भइन्। उनले समग्रमा २ सय ५४ स्कोर गरिन्। आज ९१ स्कोर बनाएकी थिइन्।

यु-१६ तर्फ भारतका भिभान उभयाकरले उपाधि जिते। समग्रमा १-अन्डर २ सय १५ स्कोर गरे। आज २-अन्डर ७० स्कोर गर्दा उनले भारतका प्रिन्स बैंस्लालाई ६ स्ट्रोकले हराए। भिभानले फ्रन्ट नाइन २-अन्डर ३४ र ब्याक नाइन इभन-पार ३६ मा सकाए।

प्रिन्सले आज इभन-पार ७२ खेल्दै समग्रमा ५-ओभर २ सय २१ स्कोर गरे। नेपालका रूबेन थापाले समग्रमा १३-ओभर २ सय २९ सहित तेस्रो भए। उनले आज ४-ओभर ७६ मा सकाए। काउन्ट ब्याकमा रुबेनले भारतका अड्भय बाग्लालाइ पछि पारे।

नेपाल ‘ए’ का सदभाव र राहुल विश्वकर्माले ३६ होलको समाप्तीमा २४-अन्डर २ सय ६४ को स्कोर‌मा स्वर्ण जित्यो। नेपाल ‘ए’ ले १६-अन्डर १ सय २८ को स्कोरमा भुटानलाई २४ स्ट्रोकले हरायो।

निम दोर्जी तामाङ र डेचेन लेन्डुपको भुटानी टिम काउन्ट ब्याकमा दोस्रो भयो। भुटान र बङ्गलादेश इभन-पार २८८ मा बराबरी भएपछि काउन्ट ब्याकमा नतिजा आएको हो। सोफिकुल इश्लाम र मोहम्मद सहाब उद्दीन सम्मिलित बङ्गलादेशको टिमले कास्य पदक हात पार्यो।

च्याम्पियन्सिपका विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, राष्ट्रिय खेलकुद परिषदका सदस्य कमल बहादुर भट्टराई, नेपाल गल्फ संघ (एनजिए) का अध्यक्ष टासी घले, उपाध्यक्ष फुर्साङ लामा र सदस्य रतन टण्डनले पुरस्कार वितरण गरे।

तीन दिने ५४-होलको प्रतिस्पर्धामा नेपाल सहित दक्षिण एसियाका बंगलादेश, भुटान, श्रीलंका र भारतका गरी ५ राष्ट्रका ५७ खेलाडीको सहभागिता थियो। यो प्रतियोगिता वर्ल्ड एमेच्योर गल्फ र्‍याङ्किङ (डब्लुएजीआर) द्वारा मान्यता प्राप्त हो।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.