default_image

6 months ago

June 7, 2025

अर्हन्त र विपनालाई स्क्वास उपाधि 

582 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)- प्रथम बागमती प्रेसिडेण्ट स्क्वास कप २०८२ को उपाधि पुरुषतर्फ अर्हन्त केशर सिंह र महिला तर्फ विपना भ्लोनले जितेका छन्। 

सातदोबाटो स्थित नेपाल स्क्वास एकेडेमीमा शनिवार भएको फाइनल खेलमा शीर्ष खेलाडी अर्हन्तले पाँचौं वरियताका पासाङ्ग भ्लोनलाई ११-८, ११-९ र ११- ९ को स्कोरले पराजित गरे। राकेश परियार तेस्रो र प्रज्वल प्रधान चौथो भए ।

महिलातर्फकाे फाइनलमा शीर्ष वरीयताकी विपनाले दाेस्राे वरीयताकी स्वस्थानी श्रेष्ठलाई ११-५, ११-७ र ११-९ ले हराइन् ।अस्मिता नगरकोटी तेस्रो र साक्षी सुनुवार चौथो भइन् ।

पुरुष र महिला दुवै तर्फको विजेता १५, दोस्रोले १०, तेस्रोले ७ र चौथोले ४ हजार रुपैयाँ प्राप्त गरे। गर्ल्स जुनियर तर्फ रेनसा महर्जन पहिलो भइन् । रचना प्रजा दोस्रो, नियुक्ति श्रेष्ठ तेस्रो र प्रतिक्षा प्रजा चौथो भइन् ।

त्यस्तै, नवप्रवेशी (नोभिस) गर्ल्स विधा तर्फ डोल्मा तामाङ पहिलो, अलिशा प्रजा दोस्रो , आरोही महर्जन तेस्रो र दीपिका महत चौथो भइन् ।

नवप्रवेशी (नोभिस ) ब्वाइज समूहमा हेलिस घिसिङले पहिलो, रेजन महर्जन दोस्रो, स्वयम श्रेष्ठ तेस्रो र क्रिश श्रेष्ठ चौथो स्थान भए ।

बागमती प्रदेश सरकारका पूर्वमन्त्री मा. रामकृष्ण चित्रकारलगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण गरे।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.