default_image

6 months ago

June 7, 2025

अग्रिम र निहानालाई स्कुल चेस उपाधि  

336 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिप छात्र यु ११ मा पेभिलियन चेस एकेडेमीका अग्रिम सैजुले सात चरणमा अपराजित रहँदै विजयी बनेका छन्। 

अल्केमिस्ट एकेडेमीका वचन सिलवाल दोस्रो र पुष्प सदनका हार्दिक पन्त समान ६ अंकका साथ तेस्रो भए ।

यस्तै युवा ११ वर्ष छात्रा तर्फ ६ चरणको खेलमा मार्भलस इंग्लिस बोर्डिङ स्कुलकी निहाना श्रेष्ठले ५.५ अंक प्राप्त गर्दै विजयी भइन् । 

इम्पेरियल वर्ल्ड स्कुलकी अग्रता आचार्य दोस्रो, युरो स्कुलकी विप्सना केसी समान ५ अंकसहित तेस्रो भइन् ।

यसैगरी छात्र यु ९ मा ६ चरणको खेलमा पेभिलियन चेस एकेडेमीका सुनभ ओझाले पूर्ण ६ अंक प्राप्त गर्दै विजय बनेका छन्। रातो बंगला स्कुलका सुभङ्ग प्रधान दोस्रो र पशुपति एकेडेमीका साइन्स कँडेल तेस्रो भए ।  

छात्रा यु ९ मा समान ४.५ अंक जोडेकी दीपज्योति आवासीय माध्यमिक विद्यालयकी अंशिका श्रेष्ठ पहिलो र मार्बलस स्कुलकी संगीता दास दोस्रो भइन् । काठमाडौं विद्यालयकी निगिता ४ अंकसहित तेस्रो भइन् ।

विजयी खेलाडीलाई नेपाल बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामाले पुरस्कार वितरण गरे ।

नेपाल बुद्धिचाल महासंघ र अन्नपूर्ण स्कुलको संयुक्त आयोजनामा जारी २० औं अन्नपूर्ण राष्ट्रिय स्कुल चेस च्याम्पियनसिपका छात्र छात्रा १३ वर्ष मुनि र र छात्र छात्रा १३ वर्ष माथिका प्रतिस्पर्धा भोलि सुरु हुनेछ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.