6 months ago
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल व्यायाम मन्दिरका ग्रेस महर्जन प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगितामा शनिबार ओभरअल च्याम्पियन बनेका छन् । ग्रेसले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।
नेपाल पुलिस क्लबमा भएको प्रतियोगितामा ग्रेस पुरुष ७५ केजीमाथि पहिलो हुँदैओभरअल उपाधि होडमा प्रवेश गरेका थिए । आफ्नो तौलसमूहमा पहिलो भएवापत ग्रेसले छुट्टै ५० हजार रुपैयाँ प्राप्त गरे।
प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमा ह्यामर फिट्नेसका सुमित गिरी, ६५ केजीमा बी एन्ड एल फिट्नेस स्टेसनका किशोर लिम्बू, ७० केजीमा बडी गराजका अभिजित राजवंशी र ७५ केजीमा व्यायाम मन्दिरका सुरेश मुनिकार पहिलो भए ।

पुरुषमा पहिलो हुनेले ५० हजार, दोश्रोले ४० हजार, तेश्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ प्राप्त गरे ।
महिला खुलामा डिभाइनकी उर्मिला श्रेष्ठले उपाधि जितिन् । उर्मिलाले १ लाख रुपैयाँ प्राप्त गरिन् । दोस्रोले ५० हजार, तेस्रो ३० हजार, चौथो २० हजार र पाँचौँ १० हजार रुपैयाँ पाए ।
विजेतालाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक प्रतिष्ठानकी निर्देशक गंगा दाहाललगायत विजेतालाई पुरस्कृत गरे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]