6 months ago
June 8, 2025
काठमाडौ (हाम्रो खेलकुद)- सञ्जित डंगोल, प्रमोद मण्डल, मनिता श्रेष्ठ प्रधान र दिलकुमारी छन्त्यालले ओपन जुडो च्याम्पियनसिप – २०२५ बेस्ट अफ दि बेस्टमा उपाधि जितेका छन् ।
काठमाडौं खुसिँबुस्थित मल्टिपर्पोज मार्शल सेन्टरमा भएको प्रतियोगिताको महिला ५७ केजी मुनि तौल समूहमा नेपाल पुलिस क्लबकी मनिताले प्राइम जुडोकी पेमा याङजी शेर्पालाई पराजित गर्दै स्वर्ण पदक जितिन् । पुलिसकी प्रतिभा पुलामी मगर र एपिएफकी रत्ना तामाङ संयुक्तरुपमा कास्य पदक प्राप्त गरिन् ।

महिला ७८ केजी मुनि तौल समूहमा दिलकुमारले फाइनलमा त्रिभुवन आर्मी क्लबकी निर्मला घर्ती मगरलाई हराइन् । पुलिसकी निशा चौधरी र आर्मीकी सविना श्रेष्ठले कास्य पदक प्राप्त गरे ।
पुरुष ७३ केजी मुनि तौल समूहमा एपिएफकी प्रमोदले फाइनलमा रसुवाका सुनील नगरकोटीलाई हराए । त्यसमा धीरेन्द्र थारु र भुटानका तान्दिन वाङचकुले कास्य पदक जिते ।
एक सय केजी मुनि तौल समूहमा पुलिसकै सञ्जितले स्वर्णले स्वर्ण, मधु रोका मगरले रजत तथा पुलिसका धनबहादुर आले र आर्मीका राजेश चौधरीले कास्य पदक जिते ।

प्रतियोगितामा ९ टोली एपिएफ, क्लोज प्रोटेक्सन जुडो डोजो (सिपिजे), मल्टिपर्पोज मार्शल आर्ट सेन्टर (एमएमएसी), पुलिस, प्रिजनर्स असिस्टेन्स मिसन (प्याम), प्राइम जुडो डोजो (पिजेडी), पारा जुडो डोजो (नेपाल सेना), रसुवा, आर्मी,सहित दुई विदेशी त्रि फोर्स जुडो क्लब (भुटान) र जुडो क्लब रिज्मोन्ड जुडो (नेदरल्यान्ड्स) का खेलाडीकि सहभागिता थियो ।
नेपालका लागि फ्रान्सेली राजदुत भर्जिनी कोर्टेवाल र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले विजेता खेलाडीलाई पुरस्कृत गरे।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]