default_image

6 months ago

June 9, 2025

मार्भलस राष्ट्रिय स्कुल चेस च्याम्पियन

299 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- मार्भलस इंग्लिस बोर्डिङ स्कुलले २० औं अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनको उपाधि जितेको छ।

उमेर समूह यु ९, ११, १३ तथा १३  वर्ष माथिका छात्र र छात्रा बिच प्रतिस्पर्धा भएको प्रतियोगितामा मार्भलस ४५ अंक जोडेर च्याम्पियन बनेको हो ।

७५ स्कुलका ५ सय ५० विद्यार्थीको सहभागी रहेको प्रतियोगितामा मनकामना विद्यालयले ४० अंकका साथ दोस्रो भएकाे छ।  त्रियोग हाइस्कुलले ३८ अंक तेस्रो भयो।

ज्याठा स्थित अन्नपूर्ण स्कुलमा ४ दिन सम्म सञ्चालन भएको राष्ट्रिय प्रतियोगिताको १३ वर्ष माथिका छात्र समूहमा काठमाडौं प्रज्ञा कुञ्जका कशिभ कार्की  विजयी भए । उनले फाइनलमा भ्याली पब्लिक हाइ स्कुलका अनमोल राईलाई हराए। डिएभी स्कुलका हर्षवर्धन राठी तेस्रा भए । 

यसै समूह अन्तर्गत छात्रातर्फ मनकामनाकी प्रेसियस अधिकारी पहिलो, सूर्योदय सेकेन्डरी बोर्डिङ स्कुलकी अनन्य सैजु दोस्रो र काठमाडौं प्रज्ञाका नेलिसा ओझा तेस्रो भइन्।

छात्र यु १३ वर्ष मुनि एसियन पब्लिक स्कुलका दिपन मैनाली पहिलो , पाठशाला नेपाल फाउन्डेसनका ओस्कार पन्थी दोस्रो र मार्भलसका ब्रिज नन्दन झा तेस्रो भए।  

१३ वर्ष मुनि छात्रातर्फ मनकामनाकी मेघना अधिकारी विजयी भइन् । मेघनाले फाइनलमा नितिन मेमोरियलका परियचा बोलाखालाई‌ हराइन् । त्रियोगकी परिधि खत्रीले तेस्रो भइन् । यु ९ र ११ को सुरुवातको दुई दिनमै सकिएको थियो।

काठमाडौं महानगरपालिका वडा नम्बर २७ का वडा अध्यक्ष योगेश खड्का र अन्नपूर्ण स्कुलका प्रधानाध्यापक चन्द्रप्रकाश राजभण्डारीको विजेता खेलाडीलाई पुरस्कृत गरे। नेपाल बुद्धिचाल महासंघ र अन्नपूर्ण स्कूलले प्रतियोगिताको संयुक्त रुपमा आयोजना गरेका थिए।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.