6 months ago
June 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत टेबलटेनिसमा बागमती प्रदेशले स्वर्ण पदकमा क्लिन स्विप गरेको छ। ४ स्वर्णको लागि भएको प्रतियोगितामा ४ स्वर्ण नै बागमतीले जित्यो।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सिंगल्सको छात्रमा आर्यन शाही र छात्रामा अर्सना महर्जनले स्वर्ण पदक जिते।
फाइनलमा आर्यनले बागमतीकै अर्नव श्रेष्ठलाई ११–६, ११–७, ७–११ र १४–१२ को सोझो सेटमा हराए। गण्डकीका सुगम पौडेल र कोशीका गौतम तामाङ तेश्रो भए।
अर्सनाले बागमतीकै साइरा शाक्यलाई ११–६, ११–९ र ११–९ को सेटमा पराजित गरिन्। लुम्बिनीकी सोनम गुरुङ र बागमतीकी प्राज्ना महर्जन तेश्रो भए।

छात्र डबल्समा बागमतीका आर्यन शाही र अर्नव श्रेष्ठको जोडीले स्वर्ण जिते। आर्यन र अर्नवको जोडीले फाइनलमा कोशीका गौतम तामाङ र सक्षम बस्नेतको जोडीलाई ११–९, ११–७ र ११–६ को सोझो सेटमा माथ दिए।
गण्डकीका सुगम पौडेल र दीप निशान शाही तथा लुम्बिनीका सुविन क्षेत्री र सुविन थापाको जोडीले कास्य पदक हात पारे।
छात्रामा बागमतीका अर्सना महर्जन र साइरा शाक्यको जोडीले फाइनलमा कोशीका स्वस्तिका चौधरी र श्रेया सुवेदीको जोडीलाई ११–१ र ११–४ र ११–२ को सोझो सेटमा हरा ।
लुम्बिनीका सोनम गुरुङ र अयाना शाह तथा गण्डकीका श्रृष्टि खड्का र ब्रिसना बस्नेतको जोडीले कांस्य हात पारे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]