6 months ago
June 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अनिल तामाङले आरएनजिसी वार्षिक क्याडी गल्फ प्रतियोगिता २०२५ को उपाधि जितेका छन्।
रोयल नेपाल गल्फ क्लबमा कूल ११३ स्कोर जोड्दै उपाधि जितेका हुन्। उनले रोहित ३ स्ट्रोकले हराए। उपाधिसँगै २१ हजार रुपैयाँ प्राप्त गरे।
रोयल नेपाल गल्फ क्लबमा रोहित आचार्य ११६ स्कोरका साथ दोस्रो भए। उनले नगद १६ हजार रुपैयाँ पाए । वीर बहादुर तामाङ ११९ स्कोरसहित तेस्रो, कृष्ण नेपाल चौथो र दिपेश श्रेष्ठ पाँचौं स्थानमा रहे।
महिलातर्फ पार्वती सुवेदीले ९३ स्कोरमा उपाधि जितिन्। उनले १० हजार ५ सय रुपैयाँ प्राप्त गरिन्। गीता तामाङ ९९ स्कोरका साथ दोस्रो र सुभानी भट्ट १०८ स्कोरमा तेस्रो भइन् ।

छैटौं होलम होल-इन-वनको सफलता प्राप्त गरेकी संगीता बलम्पिकालाई ५ हजार रुपैयाँ प्रदान गरियो।
विदुर तामाङले दुई बर्डीसहित मोस्ट बर्डिज, कृष्ण सिंहले लङ्गेस्ट ड्राइभ र विजय तामाङले क्लोजेस्ट टु द पिनको उपाधि जिते।
दुई दिने प्रतियोगितामा स्ट्रोक प्ले फर्म्याटअन्तर्गत स्क्र्याच ह्यान्डिक्यापमा खेलाइएको थियो। प्रतियोगितामा सबै खेलाडीले १८ होल पुरा गरेपछि कट लागू गरिएको थियो। जसअनुसार उत्कृष्ट १७ क्याडीले अन्तिम ९ होल खेल्ने मौका पाएका थिए। प्रतियोगितामा १ लाख ४३ हजार ५ सय रुपैयाँ पुरस्कार राखिएको थियो।
विजेताहरुलाई आरएनजिसी अध्यक्ष मधुकर याकतुम्बा, क्लब क्याप्टेन मिथुन राई, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, महासचिव दीपक आचार्य, पिजीए नेपाल पूर्व अध्यक्ष घनश्याम थापा तथा महिला गल्फर गीता गुरुङले पुरस्कार वितरण गरे।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]