default_image

6 months ago

June 10, 2025

कञ्चनजंघा शारीरिक सुगठन राष्ट्रियस्तरको हुने

230 views

0 Bookmark

हिमाल खरेल,बिर्तामोड

तेस्रो मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ । पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय भएको प्रतियोगिता यो संस्करणबाट राष्ट्रियस्तरको हुन लागेको हो ।

झापामा पहिलोपटक हुन लागेको राष्ट्रियस्तरको शारीरिक सुगठन प्रतियोगिता भदौ २७ र २८ गते बिर्तामोडमा हुने प्रतियोगिता संयोजक राम दाहालले मंगलवार पत्रकार सम्मेलनमा जानकारी दिए ।

पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुने प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूहका खेलाडीहरू सहभागी हुने शारीरिक सुगठन संघका कोशी अध्यक्ष तथा प्रतियोगिताका अध्यक्ष आदित्य पराजुलीले बताए ।

बिर्तामोडको बडी ग्यारेजको आयोजनामा हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यसअघि विजेताको पुरस्कार ३ लाख ११ हजार १ सय ११ रुपैयाँ थियो ।

त्यस्तै, दोस्रो हुनेले ३ लाख रुपैयाँ, तेस्रो हुनेले २ लाख, चौथो हुनेले १ लाख रुपैयाँ पाउनेछ । पाँचौँ हुनेले ७५ हजार रुपैयाँ र छैटौँ हुनेले ५० हजार रुपैयाँ पाउने प्रतियोगिताका संयोजक दिपेन चौधरीले बताए ।

हरेक तौल समूहका दोस्रो हुने खेलाडीले ५ हजार र तेस्रो हुने खेलाडीले ३ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा देशभरबाट २ सयजना खेलाडीले सहभागिता जनाउने संयोजक दाहालले बताए । प्रतियोगिताको आयोजनामा ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

दोस्रो मिस्टर कञ्चनजंघा शरीरिक सुगठन प्रतियोगिताको उपाधि दिलिपकुमार चौधरीले जितेका थिए । डिएनपी फिटनेस गाईघाटका उनी ६५ केजी तौल समूहबाट सहभागी थिए ।

अघिल्लो संस्करणलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको थियो । बडी ग्यारेजले संयोजन गरेको सो प्रतियोगितालाई बोर्डले १५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

झापाको बिर्तामोडमा भएको पत्रकार सम्मेलनमा प्रतियोगिताका सल्लाहकार सुवास भट्टराई, युवा व्यवसायी युवराज निरौला, पत्रकार सुब्रत न्यौपाने, झापा जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष दिप साउदेनले शुभकामना व्यक्त गरेका थिए ।

सोही अवसरमा काठमाडौँमा हालै सम्पन्न प्रज्ञा स्मृति शारीरिक सुगठन प्रतियोगितामा पुरस्कार जित्ने बडी ग्यारेजका खेलाडी प्रेमराज राजवंशी, अभिषेक राजवंशी र हरीश राजवंशीलाई सम्मान गरिएको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.