default_image

6 months ago

June 11, 2025

सिएम पुरुषोत्तमले जिते अन्तर्राष्ट्रिय चेसमा रजत पदक 

474 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली सिएम पुरुषोत्तम सिलवालले द वेस्टर्न एसियन जुनियर चेस च्याम्पियनसिप मा द्रुत गतिको ब्लिट्जमा रजत पदक जितेका छन्।

श्रीलंकामा सम्पन्न द्रुत गतिको ब्लिट्जमा आठौं
वरियताका २१३० रेटेड पुरुषोत्तमले अन्तिम चरणमा प्रतियोगिताकै शीर्ष खेलाडी भारतका २३७९ उच्च रेटेड आइएम मायाङ्क चक्रवर्तीलाई पराजित गरेका थिए।

पुरुषोत्तमले ७ मध्ये ६ खेलमा‌ जित निकाले । उनले बंगलादेशका २१४२ रेटेड आइएम मनून रेजानिरसँगको खेल गुमाए । उनले ६ अंक २४.५ प्रोग्रेसिभ प्वाइन्ट जोडे ।

उज्वेकिस्तानका २१२० रेटेड एफएम अबु खाकिमोभ अकबरलिले ६ अंक प्रोग्रेसिभ २५.५ प्वाइन्ट जोडेर स्वर्ण पदक जितेका छन्। पुरुषोत्तमसँग पराजित भारतीय मायाङ्कले कास्य पदक प्राप्त गरे ।

विश्व बुद्धिचाल महासंघ तथा एसियन चेस फेडरेसनको तत्वावधानमा श्रीलंका चेस फेडरेसनले ४ जुनदेखि १२ जुनसम्म आयोजना गरेको द वेस्टर्न एसियन जुनियर चेस च्याम्पियनसिप भएको हो ।

नेपाल बुद्धिचाल महासंघका अनुसार प्रतियोगितामा आयोजक राष्ट्र श्रीलंका‌ सहित नेपाल, बंगलादेश, भारत, काजकिस्तान, माल्दिभ्स, रसिया, तुर्कमिनिस्तान र उज्वेकिस्तान गरि ९ राष्ट्र का ५९ खेलाडीको सहभागिता थियो।

यसअघि अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अन्तर्गत सिंगापुरमा सम्पन्न फिडेको आधिकारिक प्रतियोगितामा रुपेश जैशवालले र्यापिडतर्फ रजत र ब्लिट्जमा कास्य पदक जितेका थिए । त्यसै कृष्ण थापाले नेपालमा भएको एसियन एमेच्योर च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए।

पुरुषोत्तम नेसनल युथ च्याम्पियनसिपमा सहभागी हुन ता एसियन जुनियर र्यापिड च्याम्पियनसिप छोडेर आज स्वदेश फर्केका छन्। च्याम्पियन्सिप बिहीवार सुरु हुनेछ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले स्वागत गरे।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.